रामधुनी नगरपालिकाले आउदो भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्री स्थानीय शासन नगर घोषणाको तयारीलाई तिव्रता दिएका छ । सोही क्रममा रामधुनीका वडाहरुमा बालमैत्री सुचकको अवस्था बारेमा जिल्ला स्तरीय अनुगमन भैरहेको छ । जिल्ला स्तरीय अनुगमनले बुधवार रामधुनी नगरको वडा नं. १, ३ र ४ लाई बालमैत्री वडा घोषणा गर्न स्वीकृति प्रदान गरिएको छ । अनुगमनले बालमैत्रीको आवश्यक सुचकमा पुरागरेको तथा मापदण्ड पुगेको मुल्याङ्कनहुदा जिल्ला समन्वय समितिको अनुगमन समितिको घोषणा गर्न स्वीकृति प्रदान गरेछ ।