भोजपुर ।
भोजपुरको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर -२ मा रहेको त्रिभुवन धर्मोदय मा.बि. मा रु. १ लाखको अक्षयकोष स्थापना भएको छ ।
टेम्के मैयुङ-२ मा जन्मिनु भएका , हाल ललितपुर -१५ निवासी नर बहादुर राई र ईन्द्र कुमारी राई ले आफ्ना स्वर्गीय बुवा कुल बहादुर राई र आमा अर्थशोभा राईको स्मृतिमा अक्षयकोष स्थापना गर्नु भएको हो । यस अवसरमा विद्यालयका प्र.अ. राजन राई, युवा शिक्षक सुमन बिकल, बि.ब्य.स. अध्यक्ष खम्ब प्रसाद राई र शिक्षक अभिभावक संघका अध्यक्ष देब कुमार राई ले अक्षयकोष दातालाई सम्मान गर्नु भएको छ ।
यस अक्षयकोष बाट प्राप्त ब्याज बाट विद्यार्थीहरु लाई छात्रवृत्ति दिइने प्र.अ. राजन राईले जानकारी गराउनु भएको छ । त्यसै गरि बिद्यालयमा युवा प्र.अ. नियुक्ति भए देखी बिद्यालयको मुहार फेरिदै गएको युवा शिक्षक सुमन बिकलले बताउनु भएको छ ।