पुष ६, वराहक्षेत्र /
प्रहरी चौकी भरौल बराहक्षेत्र ५ कालाबन्जरले अन्तरक्रिया तथा परिचयात्यम कार्यक्रम गरेको छ ।
भरौल प्रहरी चौकिमा शान्ति सुरक्षा गर्ने जिम्मेवारी पाएर आफू खटिएर आए पछी यहाँका जनप्रतिनिधि , राजनीतिक दल , समाजसेवी , बुद्धिजीवी , पत्रकार लगायतका ब्यक्तिहरु संग परिचित हुन आवाश्यक रहेको हुँदा कार्यक्रमको आयोजना गर्नु परेको प्रहरी सहायक निरीक्षक नन्दलाल चौधरीले बताए । उनले भने म जहाँ सम्म आफ्नो जिम्मेवारी पूरा गरेर काम गर्ने छु सबैले साथ सहयोग दिनु होला।
त्यस्तै कार्यक्रममा बोल्दै वराहक्षेत्र ४ का वडाध्यक्ष आशाराम चौधरीले प्रहरीले जन सम्पर्क बढाउने , गोपनियतालाइ ध्यान दिदै ठाउँ ठाउँबाट सुचना लिने काम गरेमा काम गर्न सजिलो हुने बताए । अध्यक्ष चौधरी भन्छन् “अपराध लाई अपराधनै भन्नू पर्छ प्रशासनले कहिँ कसैको दबाबमा पर्नु हुन्न । होटलहरु अबेर सम्म खुल्दा मदिरा पिउनेहरु बाट झै झगडा बढ्ने गरेको हुँदा निश्चित समय सम्म मात्रै होटल संचालनको टाइम राख्न सके राम्रो हुने थियो । “
नेपाली काङ्ग्रेस बराहक्षेत्र नगरका उप सभापति तथा प्रबक्ता जगत बहादुर कार्कीले कुलतलाइ निर्मुल पार्ने तिर प्रशासनको ध्यान जान जरुरी रहेको बताए । उनले भने कहिँ कतै राजमार्ग अबरोध भएको देखिन्छ वडा र प्रशासनको त्यता तिर ध्यान जाओस ।
अमाह सामुदायिक बनका अध्यक्ष भोजराज घलेले बन्यजन्तु सुरक्षामा चुनौती रहेको बताए । एकथरी मानिसहरु ब्यक्तिगत स्वार्थका लागि प्राकृतिक सम्पदा मास्ने तिर पनि छन् त्यसो हुदा प्रशासनले पनि सहयोग पुर्याउन अनुरोध गरे । त्यस्तै वडा न. ५ का वडा सचीव आशा खडकाले वडाबासी संग राम्रो संग चीनजान नहुदा कहिलेकाही काम गर्न ढिलाइ हुने बताइन । छलफलमा थुप्रै कुराहरु उठेका हुँदा शान्ति सुरक्षा कायम गराउन वडाबाट गर्नु पर्ने काम भए मिले सम्म आफुले गर्ने र नसके नगर सम्म पहल गर्न मद्दत गर्ने बताइन ।
कार्यक्रममा पुर्व प्रहरी दिल बहादुर कार्की , जन जागृती बनका अध्यक्ष खडग बहादुर कार्की , नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ५ नम्बर वडा कमिटीका अध्यक्ष पुष्पनारायण धामी लगायतका ब्यक्तिहरुले आफ्ना बिचार राखेका थिए ।