सुकदेब चौधरी
इनरुवा, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका तीन जना अपाङ्गता भएका व्यक्तिलाई ह्विल चियर वितरण गरेको छ ।
अल इस्लाह एजुकेशनल एण्ड बेलफेयर सोसाईटी नेपालले भोक्राहा नरसिंह गाउँपालिका ५ मा एक कार्यक्रमका बीच तीन जना अपाङ्गता भएका व्यक्तिलाई ह्विल चियर वितरण गरेको हो । एक बालिका र महिला पुरुष सहित तीन जनालाई भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खतर आजादको प्रमुख आथित्यतामा ह्विल चियर वितरण गरेको आयोजक संस्थाका अध्यक्ष नौसाद अंसारीले जानकारी दिनुभयो । ह्विल चियर वितरण कार्यक्रममा संस्थाका सचिव हारिस अंसारी, शिक्षक साबिर अंसारी र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
विपन्न परिवारलाई ईद कपडा वितरण
इनरुवा, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न वडाका अनाथ र गरिबहरुलाई ईद कपडा वितरण गरिएको छ ।
अल इस्लाह एजुकेशनल एण्ड बेलफेयर सोसाईटी नेपालले भोक्राहा नरसिंह गाउँपालिकामा एक कार्यक्रमका बीच उमेर अनुसारको साडी, सुट, सुरवाल, पैन्ट, सर्ट, फरक सहित कपडा ईद लक्ष्ति गरेर वितरण गरिएको हो । प्रमुख अथिति भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको उपस्थितीमा अनाथ र गरिबहरुलाई ईद कपडा वितरण गरिएको छ । अनाथ र गरिब विपन्नहरुले पनि इद पर्वलाई उत्सवको रुपमा मनाउन सहज हुने र नयाँ लुगा लगाउन पाउने गरि ईद कपडा वितरण गरिएको आयोजक समितिका सचिव हारिस अंसारीले जानकारी दिनुभयो । लोककल्याकारी काम गर्दै आएका अल इस्लाह एजुकेशनल एण्ड बेलफेयर सोसाईटी नेपालले सुनसरीमा कुल ६५ अनाथ परिवारलाई सिलाईकटाई तालिम सहित मेसिन वितरण गरेको छ भने सिपमुलक तालिम, ९ जना युवतीको विवाह समेत इस्लाम प्ररमपरा अनुसार गराई सहयोग गरेको जनाएको छ । हालै भोक्राहा नरसिंहमा तीन अगनी पीडित परिवारलाई घर मिर्नाण गर्न सहयोग गरेको शिक्षक सबिर आलमले जानकारी दिनुभयो । त्यसैगरी संस्थाले विपतमा परेकाहरुलाई उद्धार तथा राहतको सामग्री प्रदान गर्दै आएको छ ।