सुकदेब चौधरी
इनरुवा, फागुन ७ गते । ७३ औं प्रजातन्त्र दिवशको अवसरमा सदरमुकाम इनरुवामा पहिलो पटक चार सय बढी धावकहरुको सहभागितामा आइतबार प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा सम्पन्न भएको प्रथम इनरुवा दौड प्रतियोगिता इनरुवा ९ स्थित वीपीको चौक देखि इनरुवा ३ स्थित मदन भण्डारीको चौक सम्म ४ सय किलोममिटरको दौड प्रतियोगीता गरिएको हो । उक्त दौड प्रतियोगीतामा नेपाल प्रहरीका किरण लिम्बुले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरी भिया लिम्बु द्वितिय, प्रशान्त तामाङ्ग तृतिय स्थान प्राप्त गर्न सफल हुनु भयो । उक्त दौड प्रतियोगितामा उत्कृष्ट १० मा कौशल राई, सरोज सिंह, अमर यादव, सरोज लिम्बु, नबिन गुरुङ्ग, विजय राई र विश्व जोशी सहितका पुरस्कृत भएको आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टका अध्यक्ष संजय मेहताले जानकार दिनु भयो ।
सोही दौडमा महिला तर्फ रिक्की लिम्बु पहिलो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । प्रथम सहित टप टेनलाई इनरुवा नरपालिकाका प्रमुख केदार भण्डारीले नगद, साईकल सिल्ड र प्रमाण पत्र वितरण गर्नुभएको छ । प्रमुख भण्डारीले इनरुवाको पहिचान र खेलकुदको विकास, शारिरिक तथा मानकिस विकासका लागि आफूले पहिलो पटक प्रमथ इनरुवा दौड प्रतियोगिताको आयोजना गरेको र चार सय बढी धाबकहरु सहभागी भएकोमा खुसी व्यक्त गर्नु भयो । भण्डारीले उपाधी सहित पहिलो र टपटेनमा पर्न सफल भएकाहरुलाई बाधई सहित प्रजानतन्त्र दिवशको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
प्रतियोगीहरुलाई हौसला प्रदान गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव कोईराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला अस्पातलका प्रमुख डा. देवराज घिमिरे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई सहित ४१० जना धावकहरुले सो दौड प्रतियोगितामा सहभागीता जनाउनुभएको थियो । १, सुनसरी सदरमुकाम इनरुवा नगरपालिका सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको इनरुवा दौड प्रतियोगीताका सहभागीहरु । प्रथम स्थान हासिल गर्न सफल किरण लिम्बु ।