इटहरी;- लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलारई शुक्रबार नागरिक अभिनन्दन गरिँदैछ ।
इटहरी ४ स्थित उनको घरबाट रथयात्रा सुरु गरी जनता स्कुलको चउरमा भव्य कार्यक्रमका बिच अभिन्न्दन गरिने अभिनन्दन मुल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।
शिक्षाबिद घिमिरेलाइ ७७ वर्षको जन्मोत्सवको अवसर पारेर अभिनन्दन गर्न लागिएको हो । सो अवसरमा अभिनन्दन ग्रन्थ पनि सार्वजनिक गरिने उनले जानकारी दिए । ५ सय ७२ पृष्ठको सो अभिनन्दन ग्रन्थमा एक सय २७ लेखकका लेखसहित विविध सामग्री रहेको पौडेलले जानकारी दिए ।
अभिनन्दनका क्रममा श्री लेखनाथ घिमिरेकै उचाइ बराबरको ताम्रपत्र प्रदान गरिने छ । अभिनन्दन कार्यक्रमको लागि इटहरीका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । ११ वटा विभिन्न समितिले विभिन्न जिम्मेवारी लिएर काम गरिरहेका छन् ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत नेपाल तथा भारतबाटसमेत साहित्यकार, शिक्षासेवीहरुको सहभागिता रहने जनाइएको छ । भारतको आसामबाट आउने साहित्यकारको टोलीले आसामी भेषभूषा र इटहरीका थारु समुदायले थारु भेषभुषासहित नगर परिक्रमा गर्ने कार्यक्रम छ ।