बराह अनलाइ
नेपालको पहिको पावन भुमी धर्तीकै बराहक्षेत्र पहिलो धाममा सुनसरीमा प्रथम पहिलाको रुपमा जिल्ला प्रमुख भएर आएको मा निकै खुशी व्यक्त गर्दै बराहक्षेत्र नगरमा स्वागत संमान गर्न पाउदा आफुलाइ भाग्यमानी ठानेको बराहक्षेत्र नगरपालिका प्रमुख रामेश कार्कीले कार्यक्रममा खुशी व्यक्त गरेको छ ।
बराहक्षेत्र नगर धार्मिक र पर्यटन क्षेत्रको पावन भुमि हो । यहाँ धेरै अवसर सङै चुनौती रहेको छ । यहाँको जन्ताले बर्खा याममा अमनचयनले सुत्न बस्न पाउदैन । यहा कहिले कोशीले भेगले त कहिले कार्तिकको भेगले समेत सताइएका छन भने झन हातीले माघ ८ गते धन बहादुर माझीलाइ मार्ने काम गरेको छ यस्ले झनै निद्रै हराम गरेको छ ।
बराहक्षेत्र नगरपालिका ड्रग्सको ट्रान्जिट पोइन्ट मात्र नभैइ अहिले सुनसरी पनी निशानामा परेको छ । हामी जनप्रतिनिधिहरु बडो दोधारमा पन्जामा परेको छौँ । झगडा अनि कयौ लभाडामा परेर आउछ मलाइ हार गुहार गर्छ की बचाइ दिनु पर्यो भनेर । म भन्ने गरेको छु दुर्व्यसेनी कुलत र योन जन्य मा मेरो बाट सहयोगको कुनै अपेक्षा नगर्नु बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनु भएको थियो । बराहक्षेत्रको धेरै ठाउँमा प्रहरी विट छोइन त्या विटको व्यवस्था गर्न अग्राह गतेरेको छ् ।
वराहक्षेत्र नगरपालिका र जिल्ला प्रशासन कार्यालय सुनसरी बिच स्थानीय तह र स्थानीय प्रशासन समन्वय बैठक स्थानीय पालिकासंग समन्वयमा काम गर्नेछु – प्रमुख जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पाण्डे बताउनुभयो ।
पाण्डेले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो प्राथमिकतामा रहेको बताउदै जिल्लामा हुने विभिन्न गतिविधिलाई निगरानी गर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने योजना तयार गरी अगाडी बढने उनको भनाई थियो । सुनसरीमा आएपछि तीन जिल्लाको अनुभवका आधारमा काम गर्न सहज हुने बताउँदै उनले सबै सँग समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । पाण्डेले सुनसरी भौगोलिक हिसाबले पहाड, मधेस भू(भाग देखि भारतीय खुल्ला सीमा सँग जोडिएकोले सुरक्षा चुनौती भएको उल्लेख गर्दै उनले भूगोललाई सम्बोधन गर्ने आफ्नो प्रयास निरन्तर जारी रहने बताइन् ।
कार्यक्रम वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले वराहक्षेत्रको सम्भावना र चुनौति बारे जानकारी दिएका थिए । शान्त, सब्य र सुन्दर नगरपालिका बनाउन लागि परेको बताउदै नगर प्रमुख कार्कीले यसकालागि प्रशासन र सुरक्षासंग समन्वय गरेर अभियान सञ्चालन गर्ने कार्कीको भनाई रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रभु प्रसाद ढकालले जिल्लाको सुरक्षा अवस्थाको बारेमा प्रहरीबाट भई रहेको सचेतना, अभिमुखीकरण लागु औषध नियन्त्रण तथा नियमन, सीमा सुरक्षा निगरानी लगायतका बारेमा जानकारी दिएका थिए ।
शसस्त्र प्रहरी सुनसरी प्रमुख , राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख , वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकास सिटौला लगाएत वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वराहक्षेत्र नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई नगर प्रमुखले स्वागत सम्मान समेत गरेका थिए ।
शुक्रबार भएको बराहक्षेत्र नगरले राखेको बैठकमा वराहक्षेत्रमा विकृत रुपमा फैलिएको लागू औषध दुरव्यवसनी , नागरिकतको समस्या बिपत व्यवस्थापन र जोखिम न्युनिकरणको बिषयमा बैठकमा छलफल भएको थियो । बैठकमा वडाध्यक्ष तथा वडाका जनप्रतिनिधिले नागरिकताको समस्या , सुरक्षा, लागूपदार्थ दुब्यसनी लगाएको समस्या राखेका थिए ।
वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षतामा आयोजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अपराध न्युनिकरण, शान्ति सुरक्षा , महिला हिसा, बजार अनुगमन लगाएका बिषयमा स्थानीय पालिकासंग समन्वय गरेर काम बताउनु भएको थियो ।