विराटनगर,
प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले नेपालको उर्जाक्षेत्रको विकास गरिए मुलुकको आर्थिक क्षेत्र मजबुत हुने बताउनुभएको छ ।
उर्जाक्षेत्रले गर्दा देशव्यापी विकासमा सहज हुने, बैकल्पिक इन्धनको पूर्ति गरेर पेट्रोल, डिजेलजस्ता पदार्थको आयातमा कम हुने र विजुली देशबाहिर निर्यात गर्न सकेको खण्डमा ठूलोमात्रामा आर्यआर्जन हुने प्रमुखज्यूको जोड दिनु भयो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)द्वारा आयोजित ‘प्रदेश नं. १ को दिगो विकासका लागि ऊर्जा’ विषयक दुइदिने गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख माननीय परशुराम खापुङले बताउनुभएको हो ।
विराटनगरस्थीत बिग होटलमा सञ्चालित कार्यक्रममा संघीय सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री दिपक बहादुर सिंह, प्रदेश नं. १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो, सडक, पुर्वाधार तथा भौतिकमन्त्री दुर्गाप्रसाद चापागाई, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका कार्यवाहक अध्यक्ष मोहन डाँगी, प्रदेश १ का मानीय सांसदहरू, सरोकारवालाहरूको उपस्थिति रहेको प्रदेश प्रमुखको सचिवालयले बताउनु भयो ।