“माननीय चौधरीले के मागेको थियो त्यही न हो हामी थारु अन्यायमा परिम हामी थारु धर्ती पुत्र हु भएन न्याय न मागेको होइन र । रेशम चौधरी को हुन र यो देशमा के योगदान छ । त्यो सवैलाइ सर्व विदै छ माननीय रन्जिता श्रेष्ठ ।”
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले टीकापुर घटना बन्द कोठा वा गुफामा नभएर कसले के गर्यो भन्ने विषयमा सबैले देखेको बताइन् ।
‘टीकापुर घटना बन्द कोठा वा गुफामा भएको घटना होइन । टीकापुर घटनामा कसले कसलाई मार्यो देख्ने आँखाहरू हजारौं छन्,’ उनले भनिन्, ‘टीकापुर घटनाको न्याय निरुपण नहुन्जेलसम्म लडिरहने छौं ।’
एमाले, काग्रेस र माओवादी जस्तो ठुलो पार्टी नभएको कारणले मानीनय रेशम चौधरी जेल जिवन बिताएउन बाध्य पारेको माननीय रन्जिता श्रेष्ठले पहिलो पटक सामसदको रोस्ट्रम बाट आफ्नो दुखेसो पोख्नु भएको हो । “माननीय चौधरीले के मागेको थियो त्यही न हो हामी थारु अन्यायमा परिम हामी थारु धर्ती पुत्र हु भएन न्याय न मागेको होइन र । रेशम चौधरी को हुन र यो देशमा के योगदान छ । त्यो सवैलाइ सर्व विदै छ माननीय रन्जिता श्रेष्ठ ।”
सो घटनामा मारिएका सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले भनिन्, ‘यो घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनु पर्छ । तर न्याय दिने तरिका के हो ? चरम ज्यादती र अन्याय गर्न पाइन्छ ? ‘ उनी सो घटनामा मारिएका बालक टेकबहादुर साउदको परिवारसँग पनि सम्पर्कमा रहेको बताइन् ।
कानुन निर्माण गर्ने थलो संसदमा आफू न्याय माग्न आएको भन्दै श्रेष्ठले टीकापुर घटनामा बढी क्षति थारु समुदायलाई भएको तर्क गरिन् । उनले रेशम चौधरीसहितका निर्दोष थारुहरुलाई थुनिएको भन्दै आपत्ति जनाएकी थिइन् । ‘रेशम चौधरीको एफएम, घर र रिसोर्ट, गाडी, लत्ताकपडा जलाइयो र उनीहरुमाथि झुठा मुद्दा लगाइयो,’ श्रेष्ठले भनिन् । उनले चौधरी सो घटना भएको ठाउँभन्दा २१ किलोमिटर पर रहेको सरकारी प्रतिवदेनले देखाउने पनि बताएकी थिइन् ।
उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् ।
सबै राजनीतिक दलका नेताहरुले चौधरी निर्दोष भएको बताए पनि जेलमा राखिएको भन्दै आपत्ति जनाएकी थिइन् ।
‘सबैले निर्दोष भन्दा रेशम चौधरी र अन्य थारुहरूलाई किन जेलमै राखिरहने ?’ श्रेष्ठले भनिन्, ‘म संसदबाट नै न्याय माग्छु र न्याय पाउने अपेक्षा पनि गरेको छु ।’