बराहक्षेत्र ( बराहाअनलाइन ) १४ पुस २०७९, विहिवार
स्वालम्वन बिकाश केन्द्र बालुवाटार काठमाडौले सुनसरीको वराहक्षेत्र नगरपालिकालाई बिपद तयारी सामाग्री हस्तान्तरण गरेको छ । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको वराहक्षेत्रलाई स्वालम्वरवले १३ लाख मूल्य वरावरको विपत्तको समयमा उद्बारमा प्रयोगमा आउने सामाग्रीहरु नगरपालिकाको कार्यलयलाई उपलब्ध गराएको हो ।
स्वालम्वन बिकाश केन्द्रका कार्यकारी प्रमुख शिबप्रसाद बस्यालका अनुसार मालटेस्टर इन्टरनेसनल र एस्सन डिस्लायण्ड हिप्टसंगको सहयोगमा दुई थान पानि बोट , ल्याईफ ज्याकेट ,रेक्सकियु डोरी , हेल्मेट लगाएका सामाग्री वुधबार नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरिएको थियो ।
प्रकोपको उच्च जोखिममा वराहक्षेत्र नगरपालिका रहेको र स्वाबालम्वनले उपलब्ध गराएको सामाग्रीले नगरपालिकालाई पुर्व तयारी गर्न महत्त्वपूर्ण रहेको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले बताए । प्राकृतिक र दैबिक प्रकोपबाट हुने बिपत्तिलाई मध्यनजर गर्दै नगरपालिका लागि परेको र बिपत्तको क्षेत्रमा काम गर्न संघ, संस्थासंग नगरपालिकाले समन्वय गरेर काम गरिरहेको कार्कीले बताए ।
बिपत्तको क्षेत्रमा काम गर्दै आएको स्वाबालम्वनले पिडित मानिसहरुको आय आर्जनको क्षेत्रमा समेत काम गर्दै आएको स्वाबालम्वनका सामाजिक परिचालक दिपेन्द्र गौतमले बताए । गौतमका अनुसार विपत्त पुर्व तयारी सामाग्री हस्तान्तरण गरेको स्वाबालम्वनले प्रकोपको जोखिममा रहेका बिद्यार्थीहरुलाई पोकाक समेत बितरण गर्ने योजना रहेको छ ।
सभार :- सदावहार मिडिया बाट