अच्युत भट्टराई , पिडारी
भगवती आधारभुत बिद्यालय बराहक्षेत्र ४ को मतदान केन्द्र अगाडि निकै ठूलो भिड देखिएको छ । अगाडीका निर्वाचनहरु भन्दा यस पटक अलिक फरक देखिएको छ ।
निर्वाचनका दिन सबै दलका तर्फबाट मतदानकेन्द्र भन्दा ५ सय मिटर टाढा भोजभतेरको ब्यवस्था गरेका हुन्थे । मतदाताहरु मत खसाल्दै भोज खान लाइन लाग्थे तर यसपटक भने भोज नभए पछि मतदाता मतदान केन्द्र अगाडीनै समय ब्यतित गरिरहेका छन् । मतदाताहरुलाई भोज खुवाउने संस्कार ठिक नभएको हुँदा यसपटक ब्यबस्थापन गर्न तिर नलागेको ने. क. पा. एमाले बराहक्षेत्र ४ का अध्यक्ष गणेश बिष्टले बताए ।
त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनले पनि भोजभतेर को ब्यबस्थापन गरेको छैन । गठबन्धनका केही साथीहरूले भोज भतेरको ब्यबस्था गर्नु पर्छ भन्ने प्रस्ताव राखे पनि यसपटक यो गलत प्रथाको अन्त्य गर्ने तिरै बहुमत जुटेको माओवादी केन्द्रका नेता सुमन थापाले बताए । उनले भने यस्तो किसिमको गलत प्रथा अन्त्य नभए जति क्षमता भए पनि सर्वसाधारणले चुनाव लड्ने दिन आउदैन । त्यस्तै राप्रपाले पनि प्रतिनिधिमा खटिएकालाई मात्रै खानाको ब्यबस्थापन गरेको नेत्री कमला कटुवालले बताइन । उता मतदाताहरु भने पार्टीले खाजा पानीको ब्यबस्था नगरेर अन्याय गरेको गुनासो गरे।