प्रकाशपुर संवातदाता , सिताराम चन्द्रवंशी (समीर)– सुनसरीको लोकप्रिय रामधुनी धर्मिक तिर्थ स्थल रामधुनी नगर पालीका र बराहक्षेत्रको संगम स्थलमा अवस्थित रहेकोे छ।जुन अहिले पर्यटनकालागि एक गन्तव्य बनिरहेको छ।
.
यहाँ अहिले दिनहुुँ अन्तारिक पर्यटक तथा बह्यय पर्यटकहरुको निकै भिड हुने गरेको पाइन्छ । उक्त धर्मिक स्थलमा विभिन्न ठाउँबाट पर्यटनहरुको घुइँचो देख्न पाइन्छ । जाडो बढे संगै बनभोजको लागि र ऐतिहासिक धर्मिक स्थल बारे बुझ्न् र जान्न विभिन्न उद्देश्यले उत्साहीत भएर यहाँ आउनेगरेको पुजारीले बताएका छन्। प्राकृतिक सुन्दरताले सजिएको यश स्थलमा विभिन्न विलक्षण किसिमका जिवजन्तु , वन अवलोकन , तथा खोज अन्वेषणको लागि र प्रभावकारी मानिएकाले पनि यहाँ पर्यटकहरुको भिड हुन थालेको मन्दिरका पुजारीे भने ।
चारैतिर वनले घेरिएको सुनसरी खोलाको माझमा रहेको रामधुनी क्षेत्रमा पशु(पन्छी , गाई वाँदर , जरायो , परेवा जस्ता धेरै जिवजन्तु संरक्षित रूपमा छ । यहाँ करिब १०० भन्दा बढी गाई पाली दुध तथा गौमूत्राको लागि आम मानिसलाई सेवा पुर्याइरहेको छ । रामधुनी मन्दिर क्षेत्र भित्र आकर्षक मुर्ति , पोखरी, इनार जस्ता अन्य दृश्य अवलोकन गर्न पाइने हुँदा पनि पर्यनकालागि एक गन्तव्य बन्दै गइरहेको छ। यहाँ पर्यटन को चाप बाढे संगै स्थानियको ब्यावसाय पानि फस्टादै गइरहेको छ । यहाँ बर्सेनि करिब ३पटक भन्दा बढि मेला लाग्ने गर्छ, रामधुनि तिर्थको लागि बिभिन्न ठाउँबाट मानिस हरु आउने गर्दाछ्न् , विगत लामो समय अघि रामधुनी क्षेत्रमा श्री राम जि ले विश्वमन्त्र गुरुको लागि धुनि बाल्नु भएको थियोे । त्यो धुनी अझ सम्म पनि बलिरहेको छ , अखण्ड धुनी सधैं बलिरहन्छ । त्यो कहिले नभिन्ने शक्ति रहेको भनी पुजारीले बताए।
एउटा ईतिहास बोकेको यश धार्मिक स्थलमा अहिले देशदेखि वपदेशसम्मका कयौँ तिर्थयात्रीहरुको आगमन हुने गरेकोले रामधुनी धार्मिक स्थल पर्यटनकालागि एक गन्तव्य बन्दै गइरहृको हो।