बराहक्षेत्र,आदेश गौतम
सुनसरी क्षेत्र नम्बर १ मा जसपाको चुनाव चिन्ह छाता र नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न उत्साहपत भएका छन्।सुनसरी क्षेत्र नं १ ख को रामधुनि र बराहक्षेत्रको घरदैलो कार्यक्रममा निकै उत्साहित भएका हुन्। मंसिर चार गते हुन
गइरहेको प्रदेश र संघको निर्वाचनलाई निकै महत्वकासाथ हेरिएको छ।अहिले नेकपा एमाले र जसपाको तालमेललाई रोचकताकासाथ पनि हेरिएको छ।सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि तर्फ नेकपा एमाले र जसपाका साझा उम्मेद्वार अशोक कुमार राई नै यस क्षेत्रको विकास र निकास दिन सक्ने दूरदर्शी नेता भएकाले यसपालि छाता चिन्हमा मतदान गरि विजय गराउनु पर्ने
रामधुनिकका मतदाताले बताए।राई सरल र विकास प्रेमी हुन उनलाई एक चोटि जिताएर पठाउने अवसर हामीले दिन सक्नु पर्छ हामीले उहाँलाई न्याय दिनै पर्ने बराहक्षेत्र ३ का सन्दिप थापाले भने।उहाँ पहिला नेकपा एमालेकै नेता भएकाले उहाँ पुन
आफ्नै घर फर्किन सक्ने सम्भावना पनि छ साथै उहाँलाई जिताउनु भनेको नेकपा एमालेको सरकार निर्माण पनि गर्नु हो त्यसैले हामीले प्रतिनिधितर्फ छाता र प्रदेश सभाकालागि सूर्य चिन्हमा मतदान गर्न उत्साहित छौँ थापाले भने। बराहक्षेत्रमा घरदैलो
कार्यक्रम गरिरहेको अवस्थामा जनताले उम्मेदवारलाई फूलका गुच्छा,माला , खदाले सम्मान समेत गरेका छन्। घरदैलोका क्रममा बराहक्षेत्र ५ मुसरी टोलमा सुनसरी क्षेत्र नं १ ख प्रदेश सभा सदस्य उम्मेद्वार विजय कुमार राईले कोण सभामा
सुकुम्बासी,पिछडा वर्ग लगायतका नागरिकहरुको समस्या हल गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।नेकपा एमाले गरिब,किसानलाई सम्मान गर्ने , बृद्धबृद्धालाई सम्मान,युवालाई स्वरोजगारका योजना ल्याउने पार्टि भएकाले यसपालि प्रदेश सभा
सदस्यमा सूर्य चिन्हमा मतदान गरि विजय गराउनु हुनेमा विश्वस्त रहेको बताए। प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अशोक कुमार राईले बराहक्षेत्र र रामधुनीको सडक विस्तार,धार्मिक र पर्यटनको विकासकालागि आफू जित्दा होस् या हार्दा होस् सदैव
पहलकदमी गरिरहेको र गरिरहने बताए।उनले भने आफू सरकार बाहिर रहदा पनि रामधुनिको सडक निर्माण र विस्तार गर्न साथै बाङ्गे,कालाबन्जर हुँदै धरान जोडणने सडक र पुलकोलागि पहल गरेको र अहिले केही काम भइसकेको छ। राईले समृद्ध
नेपाल सुखी नेपाली नारालाई स्थायित्व रुप दिन र अघि सारिएका विकास निर्माणका योजनालाई पूरा गर्न पनि यसपालि मलाई छाता चुनाव चिनणहमा मदतादान गरि जिताउन अपिल समेत गरे। रामधुनि र बराहक्षेत्रमा गरिएको घरदैलोमा वडाका कार्यकर्ता,शुभेच्छुकहरुको निकै उत्साहजनक सहभागिता रहेको थियो।