बराहक्षेत्र ,कार्तिक १७, विहिवार
नेकपा एमाले प्रदेश सभा सदस्य सुनसरी क्षेत्र नम्बर १ ख का उम्मेद्वार विजय कुमार राईले एक कार्यक्रममा एमाले प्रतिबद्धता मात्र होइन ग्यारेन्टी पनि गर्छ भनेका छन्।बराहक्षेत्र १ र २ नम्बर वडाको सम्पर्क कार्यलय उदघाटन कार्यक्रममा उनले यसो भनेका हुन्।
नेकपा एमालेले यस क्षेत्रमा मात्र नभएर समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्ने उद्देश्यले प्रतिबद्धता ल्याएको बताए।कार्यक्रममा बोल्दै राईले सुनसरी क्षेत्र नं १ को समृद्ध र विकास पूरा हुने खालका योजनाहरु ल्याइएको र यी योजनाहरु हामी विजय भएको खण्डमा पूरा गर्ने ग्यारेन्टी समेत गर्छौँ उनले भने।
उनले भनेका छन् म निष्पक्ष र निस्कलङ्क भएको प्रष्ट वक्ता पनि हुँ ,म कुनै स्वार्थ भावले उम्मेद्वार नदिएको र यस क्षेत्रका जनताको सेवा गर्ने उद्देश्यले उठेको हुँ।
यस क्षेत्रको भाग्य र भविष्य नेकपा एमाले मात्र कोर्न सक्ने हुँदा नेकपा एमालेले सारेका योजनाहरु कति पूरा भएका छन् र बाकी रहेका योजनालाई मूर्तरुप दिनकालागि र नेकपा एमालेको सरकार बनाउनकालागि पनि नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवारलाई जिताउनु पर्ने राईले बताए।प्रतिबद्धता पत्रमा हामीले सक्ने सुनौला र दीर्घकालिन रुप दिने योजना अघि सारेको बताए।
कृषि उत्पादकत्व वृद्धि नभएको परिस्थितिलाई महसुष गर्दै ठुलो मात्रामा सिंचाईको व्यवस्थापन गर्न गुरुयोजना निर्माण | गरी ११ वटा आयोजना तय गरिएको छ। जसमध्ये सुनकोशी मरिन डाइभर्सनको कार्य प्रारम्भ भएको छ भने प्रदेश १ मा पर्ने | तमोर डाइभर्सन आयोजना अघि बढाउने चरणमा पुगेको छ । जलविद्युत क्षेत्रका ठूला तथा साना आयोजनाबाट उत्पादन हुन । विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडने ट्रान्समिसन लाईनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। उद्योग | कलकारखानाहरुको विस्तार गरी बढ्दो व्यापार घाटालाई न्युनीकरण गर्दै स्वदेशमै थप रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका प्रत्येक पालिकामा अस्पताल निर्माणका निम्ति एकै दिन ३५० वटा अस्पतालको शिलान्यास भई निर्माण प्रारम्भ भष्टको साथ स्थानीय स्तरमा औद्योगिक ग्राम स्थापना गर्ने कार्य प्रारम्भ भएको छ। भने कोभिड १८ को महामारीको उपचार, रोकथाम तथा नियन्त्रणमा उल्लेख्य भूमिका खेल्दै खोपको प्रबन्ध गर्ने राष्ट्रहरुमध्ये नेपाल पहिलो बन्न पुगेको छ। २०७४ सालको निर्वाचनमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, रामधुनी। नगरपालिका र सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मा. जयकुमार राई, प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) र १ (ख) बाट निर्वाचित मा. प्रदीप कुमार भण्डारी, मा. भीमप्रसाद आचार्यको पहलकदमीमा धरान र बराहक्षेत्रको नडाहा जोड्ने रणनीतिक सडक, घरान र रामधुनी जोड्ने सेउती खोलामा पुल र यस अवधिमा सद् र सेउती खोलामा निर्माण भएका ८ वटा पुलहरू, विद्यालयहरूको पूर्वाधार तथा गुणस्तर विकासका निम्ति आवश्यक बजेट, वडास्तरमा स्वास्थ्य चौकी, सर्दु, सेउती र खहरे करिडोर, विद्युतीकरण, विद्युत वितरण सबस्टेशन निर्माण आरम्भ भएको छ। दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र, विष्णुपादुका, विभिन्न गुम्बा, विहार, मस्जिद, चर्च लगायत धार्मिकस्थलहरुको विकासको निम्ति बजेट विनियोजन भएको छ । रोजगारी सिर्जना गर्न र व्यापारिक एवं औद्योगिक विकास र विस्तारको निम्ति औद्योगिक ग्रामको निर्माण प्रारम्भ भएको छ । देवीगाउँ – हर्दिया- तेलनपुर-कन्यापोखरी सडक निर्माण, खैरेनी – ठिङ्गाबारी-साउनेटार -सुमनटार जाने बाटो, पञ्चकन्या मार्ग धरान-६, शहिदरत्न मार्ग धरान-८, काठेपुलदेखि देवीगाउँ सिरानसम्म जाने बाटो, जनपथ सडक, रेडक्रस – विजयपुर- बुढासुब्बा सडक, फोहोरबाट बायो ग्यास उत्पादन, खेलमैदान निर्माण, विद्यालय नर्सिङ• कार्यक्रम, ग्रामिण खानेपानी आयोजनाहरूका साथै थुप्रै पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएका छन । ज हामी विगतमा नेकपा (एमाले) र जसपा, नेपाल सरकारमा रहंदा अघि सारिएका लोकप्रिय एवंम महत्वपूर्ण योजनाहरूको निरन्तरता दिएर देशलाई विकसित एवं र समृद्ध बनाउदै समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने लक्ष्य राखेर अधि बढिरहेको राईले बताए । सुनसरी क्षेत्र नम्बर १ लाई विकसित एवं समृद्ध बनाउन धरान, बराहक्षेत्र र रामधुनीको मुहार फेर्ने तपशिल बमोजिमका केही प्रस्तावित योजनाहरू पूरा गर्ने प्रतिबद्धतासहित अघि सारिएको बताए।
प्रतिवद्धताका केही महत्वपूर्ण कार्य:
• यस क्षेत्रमा खेलकुदको पूर्वाधार विकास तथा सुदृढीकरण, खेलग्राम निर्माण, खेलकुद तथा संगीत एकेडेमी खोल्न पहल गर्ने । • निर्माणाधिन स्मार्ट बसपार्क तथा धरान-६ मा औद्योगिक ग्राम समयभित्र सम्पन्न गर्ने ।
• धरान-१७ को सप्तरंगी पार्कमा पर्यटकीय पार्कको रूपमा विकाश गरिनेछ • स्वस्थ्य र सफा मासु आपूर्तिको लागि आधुनिक एवं व्यवस्थित पशु बधशाला निर्माण गर्ने ।
• विष्णुपादुका, बराहक्षेत्र र विजयपुर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गर्ने • विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, खुवालुङ, चतरा, रामधुनी र पकलीको जल्दी महारानी (थारु आदिवासी जनजातिको आस्थाको केन्द्र) क्षेत्रलाई समेटेर वृहत धार्मिक सर्किट निर्माण गर्ने ।
• धरान-२० मा विष्णुपादुका क्षेत्रको सौन्दर्यकरण गर्दै पर्यटन वृद्धि गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको लागि बहुआयामिक परियोजनाको रुपमा कोकाहा ड्याम निर्माण गर्ने ।
• धरान-२० को तारेभिरमा रक क्लाइम्बिङको लागि व्यवस्था गर्ने तथा केवलकार निर्माणको लागि लगानी भित्राउने पहल गर्ने ।
• वृहत बराहक्षेत्रको वृहत्तर विकासको लागि पहल गर्ने ।
• रामधुनी ६ र ७ धरान ४, ५, ६ र २० तथा बराहक्षेत्रका ग्रामिण खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्ने । रामधुनीस्थित जुरीताल र रासताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने ।
.रामधुनी वडा नम्बर ६ र ७ लाई धरान जोड्ने लगुना- धरानको हरियाली सडक खण्ड तथा कुमारखत पञ्चायन हुँदै धरान जोड्ने सडक निर्माण सम्पन्न गर्ने ।
• बराहक्षेत्र र रामधुनीलाई पायक पर्ने स्थानमा शीतभण्डार सहितको कृषि उपज बजार निर्माण गर्ने ।
.बहुजातीय संग्राहलय तथा सुविधा सम्पन्न आधुनिक सभा भवन निर्माण गर्न पहल गर्ने ।
यस्ता योजना हाम्रो प्रतिबद्धता पत्रमा अन्य थुप्रै राखेका छौँ।हामी बोल्ने भन्दा पनि व्यवहारमै उतार्ने कुरामा जोड दिएकाले प्रतिबद्धता मात्र होइन जिताएर पठाएको खण्डमा ग्यारेन्टी नै गरिने बताएका हुन।