भरौल,असोज १६, राजन घिमिरे
मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप २०७९ को दोस्रो सेमिफाइनल खेल लिटर किकर्स एकेडेमी दमक फूटबल क्लव झापा भर्सेस बक्लौरी फूटबल क्लव रामधुनीबिच भएको खेलमा। बक्लौरी फूटबल क्लवले जित हासिल गरेको छ ।
प्रतिस्पर्धात्म खेलमा पहिलो हापमा दुबै टिमबाट कुनै गोल हुन सकेन । बक्लौरी फूटब क्लवका जर्सि नं १३ का खेलाडी निसान लिम्बूले पहिलो डेरियामा पाएको अबसरमा चुकेका थिए । त्यसैगरी लिटर किकर्स एकेडेमी दमकले पनि पहिलो हापको खेलमा पाएको अवसरलाई सहि सदुपयोग गर्न नसक्दा खेलको पहिलो हाप बराबरीमा रहेको थियो। दोस्रो हापको खेलमा बक्लौरीका जर्सि नं ५ का खेलाडी विकु राईले प्रहार गरेको गोल गोल रक्षकले आफ्नो पन्जाको कब्जामा नियन्त्रण गर्न सफल भएको थियो । निकै रोचात्मक खेलमा बक्लौरी फूटबल क्लवले सुनौला अवसरहरु गुमाउन पुगेको थियो ।
बक्लौरीले खेलको दोस्रो हापको २० औं मिनेटमा पहिलो डेरियामा पाएको थ्रिकिक गोलरक्षकले बचाउन पुगेका थिए। धेरै मात्र ए डिभिजनमा खेल्ने खेलाडीहरुको सहभागिता रहेको खेलमा दर्शकहरुको खचाखच रहेको थियो।
निकै राम्रा खलाडीहरु उतारेको दमकले पनि पाएका अवसरहरुमाथि चुक्न पुगेको थियो । ९० मिनेटको खेलमा अतिरिक्त ५ मिनेटको समय थप गरेता पनि दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल ट्राइबेकरमा पुगेको थियोन। खेलको अन्तिम समय सम्म दुवै टिम वराबरीमा परिनत भए पछि एमपायरले ट्राइबेकरमा धकेलेको थियो ।
दमकका खेलाडी रोहन भुजेल र निसान बि केले ट्राइबेकरमा गोल लगाउन नसक्दा बक्लौरी फूटबल क्लवल ३ का बिरुद्ध ४ गोलका अन्तरले जित हासिल गरेको हो। जित सँगै बक्लौरी फूटबल क्लव फाइनलमा प्रवेश गरेको छ । लिटर किकर्स एकेडेमी दमकका जर्सि नं ३ का खेलाडी संजित राई खेलको म्यानअफद म्याच घोषित भए भने फाइनल खेल १८ गते इटहरी र बक्लौरी बिच दिनको ठिक ३ बजे हुने आयोजकले बताएको छ। खेल बराहक्षेत्र ६ चक्रघट्टिस्थित महेन्द्र मा विको खेलमैदानमा भइरहेको छ।