भरौल,असोज १४
जसपा सुनसरी सचिव प्रदिप कार्कीसहित सिङ्गो टिम नेकपा एमालेमा प्रवेश गरेको छ। बराहक्षेत्र नगर कमिटिको शुभकामना आदानप्रदान कार्यक्रममा प्रवेश गरेको हो। नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले स्वागत गर्नु भएको थियो।शुभकामना आदनप्रदान कार्यक्रममा जसपाका युवा नेता जिल्ला सचिव प्रदिप कार्की,बराहक्षेत्र नगर कमिटि उपाध्यक्ष भक्त लिम्बू,३ नं वडा समिति सचिव गोविन्द राउतसचिवालय सदस्य पञ्च बहादुर लिम्बू लगायतको टोलिले पनर्टि
प्रवृश गरेका हुन। पार्टि प्रवृश गर्दै प्रदिप कार्कीले म आफ्नै घर फर्किन पुन पाएकोमा हर्षित छु।म बहकिएर अन्त्यै रुमलिन पुगे ,हाम्रा साथीहरु अब देश र समृद्धिको पक्षधर एमालेमा नै समाहित हुने पनि बताए। १ नं प्रदेश सचिवालय सदस्य जय कुमार राईले सुनसरी क्षेत्र नं १ को विकास र समृद्धिकालागि लागि परेको र कयौँ योजनाहरु ल्याई कति सम्पन्न भए भने कति निर्माणधिन अवस्थामा रहेको बताए।त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य गुरु बरालले
नेकपा एमाले मात्र देश रक्षामा उभिएको र अहिलेको गठबन्धन सरकार देशलाई लुछाचुडी गरि सक्न लागेको बताए उनले भने अहिले राष्ट्रघाति नागरिक विधेयक रोक्न एमालेको ठूलो कदमी चलेको र राष्ट्रमा क्षति हुन जोगिएको छ। नेकपा एमाले बराहक्षेत्र नगर कमिटिका अध्यक्ष गजेन्द्र थापाको सभापतित्व, स्थायी कमिटी सदस्य गुरु वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथी -जिल्ला इन्चार्ज जगदिश कुसियत ,विशेष अतिथी -जयकुमार राई प्रदेश
सचिवालय सदस्य , जिल्ला उपाध्यक्ष निलम खनाल ,जिल्ला उप सचिव योग्यराज खड्का, रुद्र दाहाल ,नन्द कुमारी राई ,भेषराज कार्की ,आशाराम चौधरी, कविता गोले ,तिर्थराज माझी,सुरज भण्डारी,असोक यादव, आरती भट्टराई ,हरि पौडेल लगायतको उपस्थिति रहेको थियो। बराहक्षेत्र ५ को बहुउद्दृशय सभाहलमा भएको कार्यक्रम नगर कमिटि सचिव राजेन्द्र कार्कीले सञ्चालन गरेका थिए।