सुनसरीको बराहक्षेत्रमा जारी छैटौ अन्तर बिधालय डनबस्को फुटबल प्रतियोगिताको उपाधी महेन्द्र माध्यमिक बिधालय तित्रीगाछिले कब्जा गरेको छ।
निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आदर्श माध्यमिक बिधालय चतरालाई ट्राई बेकरमा ४ को विरुद्ध ५ गोल अन्तरले महेन्द्र मा बि तित्रीगाछी बिजयी भएको हो। बराहक्षेत्र ७ मा रहेको मर्निङ स्टार स्कुलले आयोजना गरेको फुटबल प्रतियोगितामा बराहक्षेत्र इटहरी र धरानका गरि १७ वटा
माध्यमिक बिधालयहरुले प्रतियोगितामा भाग लिएका थिए। आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट गोल गर्ने अवसर पाएता पनि दुबै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछी खेलको अन्तिम निर्णय पेनाल्टी सुट आउट्मा पुगेको थियो ।
पेनाल्टी सुट आउटमा ४ गोलका विरुद्ध ५ गोलले महेन्द्र मा बि तित्रीगाछी बिजयी भएको हो । आदर्श मा बि चतराका खेलाडीले प्रहार गरेको १ गोल महेन्द्र मा बि का गोलकिपरले बचाएका थिए । आज भएको फाइनल खेलको सर्बोकृष्ट खेलाडी महेन्द्र मा बि का जर्सी न ४ का मदन बिश्वकर्मा
घोषित भए। त्यस्तै उत्कृष्ट गोल किपर महेन्द्र मा बि का प्रबेस राईले प्राप्त गरे। त्यस्तै सर्बाधिक गोल कर्ता मर्निङ स्टार स्कुलका मनिष राई घोषित भएका छन उनले एउटै खेलमा सर्बाधिक ४ गोल गरेका थिए । उत्कृष्ट खेलाडी आदर्श मा बि खेलाडी बिपिन राई घोषित भएका छन । उपाधी प्राप्त गरे संगै महेन्द्र मा बि तित्रीगाछीले नगद रु ४० हजार संगै मेडल र ट्रफी प्राप्त गरेको छ ।
दोस्रो भएको आदर्श मा बि चतराले मेडल ट्रफी सहित नगत रु २५ हजारमा चित्त बुझाएको छ। भदौ १९ गतेदेखी सुरु भएको प्रतियोगितामा सस्थागत तथा सामुदायिक गरि १७ वटा बिधालयहरुले सहभागिता जनाएका थिए।
महेन्द्र मा बि तित्रीगाच्जिले सेमिफाइनलमा जडेज मा बि कालाबन्जारलाई हराउदै फाइनल यात्रा तय गरेको थियो भने आदर्श मा बि चतराले डिपोट बोर्डिङ स्कुल धरानलाई पराजित गरि फाइनलमा पुगेको थियो ।
बराहक्षेत्र नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख देबेन्द्र मल्लको प्रमुख आथित्यतामा सम्पन्न भएको आजको फाइनल खेलमा वार्ड न ७ का वार्डअध्यक्ष कपिल आचार्य , विभिन्न बिधालयका प्रधानाध्यापक , राजनैतिक दलका नेता , समाजसेवी , विद्यार्थी लगायत हजारौं दर्शकहरुको बिच भएको खेलमा बालक देखि बृद्द सम्मको उपस्थिति रहेको थियो।