भरौल,भदौ ०३, २०७९, शुक्रबार; बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित मुन बिम एकेडेमीकी कक्षा ८ मा अध्ययनरत मनिषा बराल प्याब्सन बराहक्षेत्रद्धारा आयोजित वक्तृत्वकला प्रतियोगिताको विजेता बनेकी छिन्। नीजि तथा संस्थागत विद्यालय अन्तर्गत भएको प्रतियोगितामा प्रथम बनेकी हुन्।
प्याब्सन नगर बराहक्षेत्रले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बराहक्षेत्रका ११ वटा नीजि तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो। बराहक्षेत्र ५ बाट सिद्धार्थ मेमोरियल स्कुल,मुन बिम एकेडेमी, पिसफूल इङ्लिस स्कुल,अक्सफोर्ड स्कुल,बराहक्षेत्र ३ बाट स्काई इङ्लिस स्कुल,भरौल बाल मन्दिर,बराहक्षेत्र २ बाट बराह राइजिङ इङ्लिस स्कुल,बराहक्षेत्र ८ बाट राजाबास स्कुल,आइरिस इङ्लिस स्कुल, जीवन ज्योति स्कुल र जय सप्तकोशी स्कुलको सहभागिता रहेको थियो।” सामाजिक सञ्जालले वपद्यार्थीमा पारेको प्रभाव” शीर्षक रहेको उक्त कार्यक्रममा स्काई इङ्लिस स्कुलकी कक्षा १० मा अध्ययनरत छात्रा विज्ञता भट्टराई सान्त्वना,बराह राइजिङकी कक्षा १० मा अध्ययनरत छात्रा रिश्ता दाहाल तेस्रो,भरौल बाल मन्दिर कक्षा १० मा अध्ययनरत छात्रा एन्जिला कार्की दोस्रो र मुन बिम एकेडेमीकी कक्षा ८ मा अध्ययनरत छात्रा मनिषा बराल प्रथम बनिन्।पहिलो ,दोस्रो र तेस्रो हुने प्रतियोगिहरुले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन पाउने छन्।
बराहक्षेत्र प्याब्सनका अध्यक्ष कृष्ण तामाङको सभापतित्व र प्याब्सन सुनसरी जिल्ला सचिव विजय कुमार राईको प्रमुख आतिथ्यमा भरौल बाल मन्दिरमा भएको कार्यक्रममा स्काई इङ्लिस स्कुलका प्रिन्सिपल शरण कुमार लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए।