बराहक्षेत्र, साउन २६
बराहक्षेत्र नगरपालिकाका केही मूलक सडकमा बिजुलीका पोल अझै निकाल्न सकेका छैनन्।पोल ननिकाल्दा सडकमा यातायातकालागि अवरोध हुन थालेको छ।
विशेषगरी नडाहादेखि विशाल चौकसम्मको बाटोमा लगाइएको पुरानो बिजुलीका पोल निकाल्न अझै पनि सकेको छैन। पुरानो बिजुलीका पोलको वैकल्पिक भने कालो तारसहित विद्युत ल्याइसकेको छ जसबाट आम उपभोक्ताहरुले बिजुली बालिरहेका छन् तर मूल बाटोमा रहेको नाङ्गो तार वैशाख ३० गते स्थानिय निर्वाचन हुनु अघि बराहक्षेत्र नगर प्रमुख निलम खनालको पालामा बिजुलीका तार हटाइएको थियो।
उक्त पोल निकाल्न विद्युत प्राधिकरणसँग पहल भएतापनि त्यस समयमा स्थानिय चुनावले गर्दा रोकिएको ५ नं वडा सदस्य टेक बहादुर गौतमले बताएका छन्।उनले भनेका छन् नाङ्गो तार भएकाले कुनै किसमको घटना नघटोस भनी तारचाहि हटाउन सक्यौँ तर पोल चाहिँ निकाल्न नसकेको हो।
तार झिकिसकेको खालि पोलको कुनै काम छैन यसले बाटो अवरोध मात्र गरेको छ ,कम्तिमा बिच बाटोमा भएको पोल निकाल्दा बाटो पनि खुल्ला देखिन्छ।
यातायातकालागि पनि सहज हुन्छ तर स्थानिय सरकारले यति सानो कुरामा पनि चासो नराख्नु दुःखको कुरा रहेको स्थानिय खगेन्द्र चौहानले बताए। एक त विचपानीदेखि नडाहा हुँदै विशाल चौक सडक हेर्दा कुरुप देखिन्छ।
बाटोको छेउमा लगाइएका बोटविरुवाले बाटो साँगुरो जस्तो देखिन थालेको छ।उक्त सडकमा धरान,इटहरी कुद्ने बस गाडी दैनिक रुटमा चलिरहेका छन् तर बिच बाटोमा राखिएका पोलले गाडि दोहोरो आवातजावत गर्न अलिक कठिन देखिन्छ।
उक्त सडकमा २०७४ सालमा बजेट विनियोजन भएदेखि हालसम्म स्थानिय सरकार,संघ र प्रदेश कुनै सरकारले पनि बजेट लगाउन सकेका भने छैनन् तर धरान जान विशाल चौक स्थित सर्दुखोलामा पुल लागेकाले धेरै जसो मानिसहरु यही बाटो भएर हिड्ने गर्न थालेका छन्।तर सडकको बिचमा गाडिएको पोल र बोटबिरुवाले बाटो कुरुप देख्न थालिएको छ यश तर्फ नगरको चासो देखिदैन।