बराहक्षेत्र,असार ११
टुइन्स क्लव नेपालले छैटौँ वार्षिकोत्सव मनाएको छ।आज मोरङको वेतना सिमसार स्थित झापा ,मोरङ,सुनसरी र इलामका जुम्ल्याहा,तिम्ल्याहाहरु सहभागी भएर वार्षिकोत्सम मनाइएको हो।
नेपालमा जुम्ल्याहा,तिम्ल्याहाहरुको पहिचान खोज्न,डाटालतयार पार्ने उद्देश्यले वि.सं २०७३ असार ११ गते उक्त क्लवको स्थापना गरिएको थियो।छैटौँ वर्षमा प्रवेश गर्दै गर्दा विभिन्न जिल्लाबाट भेला भई उक्त उत्सव मनाइएको हो। सुनसरीको बराहक्षेत्र,धरान,इटहरी,मोरङ, झापाका दमक, मेचीनगर, चारपाने र इलामका जुम्ल्याहाहरुको उपस्थिति रहेको थियो कार्यव्यस्तताका बाबजुद पनि ३० जना जुम्ल्याहाहरुको उपस्थिति रहेको थियोसुनसरीबाट लक्ष्मण कटुवाल,गंगा जमुना कार्की,राम लक्ष्मण कार्की,गंगा जमुना कोइराला, गंगा जमुना भट्टराई,अनमोल,प्रेम बस्नेत र लक्ष्मी कार्कीको उपस्थिति रहृको थियो मोरङबाट अजय दास,रेजिना,रेनिसा रेग्मी,जमुना मैनाली त्यसैगरी झापाबाट निता, निसा न्यौपाने,गंगा,जमुना बस्नेत,आस्मा,आस्था खतिवडा,रामप्रसाद,गंगाप्रसाद खतिवडा,दृष्टि,सृष्टि अधिकारी,अपेक्षा दाहाल र इलामबाट सोफिया कट्टेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा धरानका लक्ष्मण कार्कीले मन्तव्य राख्नेक्रममा क्लवलाई आधाकारीक रुपमा दर्ता गरेर लैजानु पर्ने कुरा राखेका थिए भने दमककी सृष्टि अधिकारीले क्लव दर्ता गरेर सामाजिक कार्यमा जुट्नु पर्ने बताइन्।
बराहक्षेत्र सुनसरीका लक्ष्मण कटुवालले क्लवलाई वैधानिकता दिन सके स्थानिय सरकारसामू गएर केही कार्यक्रममा बजेट विनियोजन गराउन सहज हुने बताए। जुम्ल्याहा भेटघाटको आयोजना गरी सबैसित चिनजान गर्न पाइएकोमा सबैले खुसी व्यक्त गरे।कार्यक्रमको संयोजक भने सुनसरी बराहक्षेत्रका लक्ष्मण कटुवालले गरेका थिए।