निर्वाचन अधिकृतको कार्यालयले बराहक्षेत्र स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको जानकारी दिएको छ ।
निर्वाचन अधिकृत रमेश श्रेष्ठले बराहक्षेत्र १६ मतदानस्थलमा रहेका ६७ वटा मतदान केन्द्रमा बिहिबार सबै तयारी पुरा भइसकेको बताए । मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाललगायत सबै तयारी गरिएको पनि उनले बताए । मतदान केन्द्रमा मतदान अधिकृतहरु तयारी अवस्थामा रहेको र शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान शुरु गरिने पनि श्रेष्ठले बताए । मौषम पुर्वानुमान महाशाखाले शुक्रबार बर्षा हुने अनुमन गरेको कारण पनि गृह मन्त्रालयले सबै मतदानस्थलहरुमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको थियो ।
यस्तै, शुक्रबार मतदान पछि मतपेटिका भण्डारणस्थल र मतगणनास्थलमा पनि सिसि क्यामेरासहित सुरक्षा प्रबन्ध गरिएको पनि निर्वाचन अधिकृत श्रेस्ताले जानकारी दिए । मतपेटिका भण्डारण तथा गणनास्थल बराहक्षेत्र नगरपालिकाको कार्यालाई प्रयोग गरेको छ । उनले भने, मतदान केन्द्रहरुमा सबै तयारी पुरा भइसकेको छ । मतदान अधिकृतहरु पनि तयारी अवस्थामा हुनुहुन्छ । मतपेटिका र मतगणनास्थलमा पनि सिसि क्यामेरासहित सुरक्षा प्रबन्धन गरिएको छ । यसको मनिटर निर्वाचन आयोगले सी सी क्यामेरा बाट प्रत्यक्ष गर्ने भएकोले धाधली नहुनेमा हामि ढुक्क रहेको छौ ।