भरौल,१८ वैशाख २०७९
बराहक्षेत्र नगरिालिका वडा नम्बर ५ स्थित जडेज मा वि मा नव गठित नेवि संघमा आवद्ध सभापतिसहितको समूह नेकपा एमालेमा प्रवेश गरेको छ । बराहक्षेत्र नपा ५ मा रहेको नेकपा एमालेको पार्टि कार्यलयमा समन्वय गरि मेयर र उपमेयरका उम्मेदवारसहितको राजावासमा गरिएको घरदैलो कार्यक्रममा पार्टि प्रवेश गरेका हुन्।
जडेज मा वि नेवि संघका इकाइ सभापति भिषण राउतले हामी नबुझी खराब संघमा पसेछौँ ,हामीलाई नेपाली काङ्ग्रेसको फोहोरी राजनीति मन परेन आज नेकपा एमालेको देश व्यापी चर्चा परिचर्चा छ ,विद्यार्थीहरसलाई सहि निर्देशन दिने , सहि परिपाटीमा लैजाने अनेरास्ववियु नै रहेछ त्यसकारण पार्टि परित्याग गरि म लगायतको सिङ्गो टोलि नेकपा एमाले तथा अनेरास्ववियुमा प्रवेश गरिएको बताए।
प्रेस विज्ञप्तिसहित आएका विद्यार्थीहरुले विज्ञप्तिमा यसो भनेका छन्:
आदरणीय पत्रकार महोदय बराहक्षेत्रबासी , समाजसेवि , बुद्धिजिवि , विद्यार्थी , महिला तथा सज्जनवृन्द्ध हामी केहि समय अघि मात्र प्रदेश १ कै नमना उच्च मा.वि. ज.डे.ज मा.वि.मा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरु विच नेपाल विद्यार्थी संघका जिल्ला तहका नेत्तृत्वको उपस्थितिमा यस विद्यालयमा अध्ययरत विद्यार्थीहको भेला द्वारा नेवि संघ इकाइ समिति गठन भयो । तत्कालीन अवस्थामा नेवि संघ विद्यार्थीहरुको हक हितका लागी लड्ने एक मात्र संगठन हो भन्ने भ्रमपूर्ण कुरा हामि बिचमा छर्ने काम भयो । । पछि देशको राजनितिक घटना कम जादा विभिन्न काल खण्डमा राष्ट्र र जनता प्रति नेवि संघको मात पार्टि नेपाली कांग्रेसले गरेको राष्ट्रघाति कदम स सन्धि सम्झौताको पक्ष पोषण नेवि संघले गरेको देख्दा यो संगठन बाट जनता , देश र राष्ट्रको पक्षमा र आम विद्यार्थीको हक हितको पक्षमा कुनै कदम चाल्न नसक्ने कुरा हाम्रो बुझाईमा आएको हुदा म यो इकाइ समितिको सभापति भिषण राउत लगाएत पदाधिकारीहरु सदस्यहरु आजैका मिति देखि नेवि संघ ज डे ज . मा.वि. इकाइ समिति बाट सामूहिक राजिनामा गरि देश भक्त , प्रगतिशिल र जनवादी विद्यार्थीहरुको प्यारो संगठन अनेरास्ववियुको झण्डा मुनि गोलबद्ध हुदै नेपालको बिकाश र समृद्धिको परिकल्पनाकार पार्टी नेकपा एमालेमा समाहित हुदै आगामि स्थानिय निर्वाचनमा नेकपा एमालेका सूर्य ध्वाजाबाहक उमेरद्वारहरुलाई विजय गराउदै सखि नेपाली समृद्ध नेपालको आकांक्षालाई पुरा गर्न लामवद्ध हुदै आजैका मिति देखि नेकपा एमाले र अनेरास्ववियूमा समाहित भएको घोषणा गर्दछौ । । कान्तिकारी लाल सलाम ! तपशिल १. भिषण राउत – इकाई सभापति , इकाई सचिव रन्जीता तामाङ सदस्य नवीन घिमिरे, मिलन पोखरेल,सन्तोष बस्नेत,मगेन्द्र तिम्सीना ,उत्सव पौडेल यूनीषा राउत – माधव थापा ,. सुचन थापा,।
भिषणले भनेका छन् अब बाकी रहेका टिम पनि नेकपा एमाले तथा अनेरास्ववियुमा समाहित हुने छन। उनले थपे यश संगठनबाट खराबप्रवृतिको बिरोध गर्दै विद्यार्थीहरुको हकहितमा लाग्ने प्रतिबद्धता समेत राखे।
पार्टि प्रवेश गरर्ने विद्यार्थीहरुलाई पार्टि सुनसरी जिल्ला उपाध्यक्ष निलम खनालले खदा र टीका लगाई स्वागत सम्मान गरे भने वडा नम्बर ५ को पार्टि कार्यलयमा पनि जिल्ला सदस्य भेषराज कार्की , नगर सह सचिव देबेन्द्र विष्ट ५ नम्बर ,वडा कमिटि अध्यक्ष सुवास बस्नेत लगायतको टोलिले विद्यार्थीहरुलाई स्वागत सम्मान गरेको थियो।