सुदन गुरागाई,बराहक्षेत्र चैत्र २०, २०७८
नेकपा एमालेले आसन्न आउदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै सबै वार्डहरुमा इन्चार्ज ,सहइन्चार्ज र विभिन्न जनबर्गिय संगठनहरुका इन्चार्जहरु तोकेको छ।
नेकपा एमाले बराहक्षेत्र नगर कमिटीको आज बसेको बैठकले नगरका १ देखि ११ वाटै वार्डहरुमा इन्चार्जहरुको जिम्मेवारी दिएको हो। आउदै गरेको स्थानीय तह निर्वाचनमा बराहक्षेत्र नगरपालिकाको सबै वार्ड तथा नगरमा नेकपा एमालेलाई बिजयी बनाउन सबै तहबाट लाग्न बैठकले पार्टीका सबै वार्ड कमिटी तथा जनबर्गिय संगठनलाई निर्देशन दिएको छ।
आज जिम्मेवारी पाउने इन्चार्ज तथा सह इन्चार्जहरुमा वार्ड न १ को इन्चार्जमा किसान मगर सह इन्चार्जमा बालकृष्ण राई, वार्ड न २ बाट रमेश बिस्ट र मान बहादुर लिम्बू , वार्ड न ३ मा मोहन सुब्बा र कुमार बस्नेत , वार्ड न ४ मा राजेन्द्र कार्की र किरणराज धामी , वार्ड न ५ मा कृष्ण तामाङ ,नवीन कोइराला र टेक बहादुर गौतम ,वार्ड न ६ मा हरिराज निरौला र गङ्गाराम शाह ,वार्ड न ७ मा बिरेन्द्र प्रसाद अधिकारी र पुरुषोत्तम भण्डारी ,वार्ड ८ मा कृष्ण बराल र भानु लिम्बू , वार्ड न ९ मा बिश्वजित राई र दिपा कार्की परियार , वार्ड न १० मा टन्क काफ्ले लाल बहादुर राई र बद्री कुमार बुढाथोकी त्यस्तै गरि वार्ड न ११ बाट गोकुल श्रेष्ठ र तहिर अन्सारी रहेका छन
त्यसैगरि नेकपा एमाले बराहक्षेत्रमा रहेका पार्टीका जनबर्गिय संगठनहरुको इन्चार्जको जिम्मेवारी पनि तोकिएको छ ।
जिम्मेवारी पाउनेहरुमा मुक्ति समाजको इन्चार्जमा सान बहादुर गजमेर , जेष्ठ कम्युनिस्ट मंचको इन्चार्जमा राम प्रसाद रेग्मी तेस्तै किसान महासङको इन्चार्जमा दयाराम रेग्मी र बिधानन्द मेहेता ,लोकतान्त्रिक आदिवासी जनजाति महासङको इन्चार्जमा लाल बहादुर राई र सह इन्चार्जमा सन्तोष तामाङ , युवा तथा खेलकुदको इन्चार्जमा राज लिम्बू( जापान ),भुमिहिन सुकुम्बासी संगठनको इन्चार्जमा मनोज कटवाल र सुमित्रा घिमिरे , रिटर्नी फेडरेसनको इन्चार्जमा दुर्गा प्रसाद गुरागाई र अनेमसंघको इन्चार्जमा सीता भण्डारी (पौडेल ) र दिल कुमारी राई रहेका नगर सचीव राजेन्द्र कार्कीले बताए।