भरौल (वअ ), २०७८ चैत १५, मंगलवार
वाई वाई पाचौ अन्तरास्ट्रिय भरौल गोल्ड कपको तेस्रो दिनको खेलमा आमुक्त परिवार इन्डिया र कालिका स्पोर्टस एकेडेमी चितवन बिच मंगलवार भएको खेलमा २ का विरुद्ध ३ गोलका अन्तरले कालिका स्पोर्टस एकेडेमी चितवनले जित हासिल गरेको छ।
आयोजनाको चौथो दिन भएको खेल निकै रोमाञ्चकारी बनेको थियो। दुबै टिम खेल जित्ने दाउमा उत्रेको खेलमा पहिलो हाप सम्म कुनै पनि टिमले गोल गर्न सकेन। निकै प्रतिस्पर्धात्मक चलेको खेलमा कालिका स्पोर्टस एकेडेमी चितवनले ३ जना विदेशी खेलाडि समेत उतारेको थियो भने आमुक्त परिवार इन्डियाले पनि उत्तिकै राम्रा खेलाडी उतारेको थियो । प्रतिद्धन्द्धी टिमका खेलाडिलाई फल गर्न पुग्दा कालिका स्पोर्टस एकेडेमी चितवनका जर्सि नम्बर ३ का खेलाडी मनिस तामाङले पहेलो कार्ड खान पुगेका थिए । निकै रोमाञ्कारी बनिरहेको खेलमा चितवनकै जर्सि नम्बर ४ का खेलाडी जोन जुनियरले समेत खेलमा पहेलो कार्ड खान पुगेका थिए ।
आमुक्त परिवार इन्डियाका जर्सि नम्बर १० खेलाडी दिनेश राईले खेलको दोस्रो हापको ३० औ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । प्रतिस्पर्धात्मक रहेको खेलमा कालिका स्पोर्टस एकेडेमी चितवनका जर्सि नम्बर १७ का खेलाडी रुप बहादुर लामाले दोस्रो हापको ३७ अौ मिनेटमा गोल गरि आफ्नो टिमलाई बराबरीमा ल्याउन सफल भएका थिए । दुवै टिमबाट १ र १ गोल भई बराबरीमा खेल सकिएकाले ट्राइबेकर हुन पुगेको थियो। ट्राइबेकरमा आमुक्त परिवार इन्डियाका तर्फबाट सुनिल मगरी ,सौरभ तामाङ र सोनाम लेप्चाले गोल लगाउन चुके भने कालिका स्पोर्टस एकेडेमी चितवनका तर्फबाट जोन जुनियर र यामीले गोल लगाउन चेकेतापनि २ का विरुद्ध ३ गोलका अन्तरले कालिका स्पोर्टस एकेडेमी चितवनले जित हासिल गर्न सफल भयो। कालिका स्पोर्टस एकेडेमी चितवनले जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलका म्यानअफद म्याच कालिका स्पोर्टस एकेडेमी चितवनका गोल किप्पर निरज चौधरी घोषित भए, उनले ५ हजार नगद प्राप्त गरे । पाँचौ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिता चैत १२ गतेदेखि १९ गतेसम्म रहने छ। भोलि चैत्र १६ गते बुधवार पहिलो सेमिफाइनल खेल राजा रानी क्लव धनकुटा र प्लानिङ्ग ब्वाइज क्लव काठमाडौँबिच दिनको ठिक ३स्०० हुने आयोजकले जनाएको छ।