बराहअनलाइ, वराहक्षेत्र नगरपालिका ८ सालवनीमा अवस्थित रहेको सालवनी फुटवल क्लवको मंलवार उदघाटन गरिएको छ ।वैधानिक रुपमा दर्ता गरि कार्य प्रारम्भ गरेको क्लवको वराहक्षेत्र नगरपालिका ८ नं।वडाका वडाध्यक्ष फणिन्द्र भट्टराइले उदघाटन गरेका हुन ।
उदघाटन कार्यक्रममा स्थानीय समाजसेवी सुमन बस्नेतले ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए । साथै सालवनी सितोरियो कराते डोजोका संचालक सागर राईले वुवा चित्रबहादुर राईको नाम बाट १५ थान फुटवल जर्सी प्रदान गरेका थिए । सालवनी फुटवलको महत्वपुर्ण स्थान वनाउन लागि परेको वताए।
वडाध्यक्ष भट्टराइको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा खेलकुद िवकासका लागि विशेष प्राथमिक्ता दिने अध्यक्ष भट्टराईले वताए । खेलकुदको लागी वडाले बजेटमा कन्जुसाई नगर्ने समेत बताए, खेलकुदले युवाहरुमा कुलत बाट बच्नुको साथ सहि दिसा मा लाग्ने भएकोले मेरो सधैवा साथ सहयोग रहेने प्रमुख अतिथी भट्टराइले बताए ।
नगर खेलकुद विकास समितिका संयोजक आषाराम चौथरी बराहक्षेत्रमा खेलकुदले छुट्टै पहिचान नाम राखेकोले मलाइ खेलकुद संयोजक भएको गर्व लागेको समेत चौधरी बताए । खेलकुदको माध्यमले मान्छे श्वस्थिय रहन धेरै राम्रो काम गरेको हुन्छ । खेलकुदमा विसेसा गरि युवाहरु खेल्ने भएकोले आफ्नो क्षिक्षा पठाईलिई सगै लान संयोजक चौधरीले बताए ।
जिल्ला फुटवल संघ सुनसरीका अध्यक्ष केसव कार्की एन्फा एकेडेमी धरानका प्रशिक्षक तथा १नं।प्रदेशका फुटवल कोच रोसन श्रेष्ठ समाजसेबी सुमन बस्नेत को विशिष्ट आथित्यमा रहेको थियो । कार्यक्रमा वराहक्षेत्रमा धेरै फुटवल क्लवहरू रहेपनी सालवनी फुटवल क्लवको छुट्टै पहिचान राख्न क्लव लाई स्थायित्व दिएको क्लवका अध्यक्ष चन्द्रकुमार राईले वताए ।