आदेश गौतम, बराहक्षेत्र चैत १४
बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को वडा कार्यलय भवनको उद्घाटन गरेको छ।
आज वडा नम्बर ८ को वडा कार्यलय विधिवतरुपमा उद्घाटन भएको हो। वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्र भट्टराईको सभाध्यक्ष र पूर्व वन वातावरण तथा पर्यटन मन्त्री माननीय जगदिश प्रसाद कुसियतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानियले झागड झाक्री प्रस्तुत गरेका थिए।
दुई वर्ष अघिदेखि वडाको नयाँ भवन सञ्चालित भएता पनि कोभिड १९ का कारण उक्त भवनको उद्घाटन हुन सकेको थिएन ।जग्गादाताहरुलाई सम्मान र वडाले गरेका गतिविधि प्रस्तुत मुख्य उद्देश्य रहेको वडा सदस्य दिव्या कुमारी खड्काले स्वागत मन्तव्यकाक्रममा बताइन्।
शुभकामना मन्तव्य दिदै स्थानिय समाजसेवी जनक सुब्बाले भने वडा कार्यलय निर्माण ,स्वास्थ्य चौकी निर्माण,भौतिक पूर्वाधार निर्माण जस्ता कार्य हुनु विकास भएका हुन , हामीले चिनेका र जानेका प्रतिनिधिलाई जिताउन सकियो भने विकास हुने रहेछ।सोही कार्यक्रममा नेकपा एमाले बराहक्षेत्र नगर कमिटि सचिव राजेन्द्र कार्कीले मन्तव्यकाक्रममा बोल्दै गुन्द्रिबाट सुरु गरेको काम अहिले प्रविधियुक्त वडा कार्यलय पाउनु नै विकास हो,भाटे विद्यालय पक्की बने,डाक्टरलाई भेट्न विपी तथा विराटनगर पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ।
नगर अस्पताल प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण हुनु विकासको मूल फुटेको छ तर दलिय व्यवस्थामा सबै दल,संघसस्थाहरुको उपस्थिति हुन नसक्नु दुःखद लाग्दो कुरा हो। उनले आफ्नो नगरको विकासकालागि सबैले हातेमालो गर्न सक्नु पर्ने धारणा राखे।
९ नम्बर वडाध्यक्ष दिपक कुमार लिम्बूले शुभकामना मन्तव्यका क्रममा जनताका कामलाई व्यवस्थित र सेवा प्रदान गराउन जुन भवन निर्माण बनेको छ, पहिला काम गर्न राम्रो कार्यलय थिएनन् तर अहिले बनेका छन ,यसको संरक्षण गर्नु सबैको दायित्व रहेको व्यक्त गरे।
सोही क्रममा बद्रि घिमिरेले भने विकास र परिवर्तन नभएको होइन हेर्नेका आँखा विग्रेको हो यदि त्यसो हो भने चस्मा लगा औं,हैन भने आँखाको उपचार गर्नु पर्छ। प्रतिपक्षले पनि बुझ्नु पर्छ एकै चोटि सबै चिज प्राप्त हुन सक्दैन ,केही विकास र प्रगति भएका छन् यसलाई सबैले मम गर्न जान्नु पर्छ तर केही नभएको हावा नफैल्याउन समेत अनुरोध गरे।
दुई वर्ष अघि वडा कार्यलय सञ्चालन गरिएता पनि कोभिड १९ का कारण र भवनका सम्पूर्ण काम नसकिएकाले उद्घाटन गर्न ढिलो भएको वडाध्यक्ष फणिन्द्र भट्टराईले बताए। ८ नम्बर वडाकालागि जग्गादाता स्थानिय कमल प्रसाद राई र रेनुका राईबाट ३ कण्ठा र दुर्गा राई र सन्तोष कुमार राईबाट १ कण्ठा १२ धुर जग्गा प्रदान गरिएको थियो। वडाले जग्गादाता र ८५ वर्षमाथिका स्थानिय ४० ज्येष्ठ नागरिकलाई धोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो भने वडा जननिर्वाचित,विभिन्न संघसंस्थाका व्यक्तित्वहरुलाई पनि कार्यक्रममा सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख निलम खनाल,उपप्रमुख कमला मगर, प्रशासकीय अधिकृत खगेन्द्र गिरी ,प्रहरी निरीक्षक पाण्डव राजवंशी,रुद्र बहादुर दाहाल,दिपक कुमार लिम्बू,बद्रि घिमिरे, केदार विष्ट,वीर बहादुर लिम्बू , महेन्द्र बहादुर खत्री,केदार विष्ट,राजेन्द्र कार्की लगायतको उपस्थिति रहेको कार्यक्रम पुकार पोख्रेलले सञ्चालन गरेका थिए।