बराहक्षेत्र, चैत्र ६, २०७८
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारस्थित रहेको जडेज मा.वि.को खेलमैदानमाको आयोजना हुन गईरहेको वाइ वाइ पाचौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र गतिमा भइ रहेको छ।
न्यू स्टार फुटबल क्लवको आयोजनामा हुने प्रतियोगिता पाँचौ संस्करण हो।कोभिड १९ का कारण रोकिएको खेल यसपालि भने पक्कै नरोकिने भएको छ। प्रतियोगितालाई सफल पार्न आयोजक पूर्णरुपमा खेलमैदानको मर्मतसंहार गरिरहेको छ।
देशबाहिरका २ टिमसहित ८ टिम रहने छ क्लवका अध्यक्ष भेषराज कार्कीका अनुसार आयोजक न्यु स्टार क्लब कालाबन्जार , बिन्दाबासिनि फुटबल क्लब मोरङ्ग , राजा रानी क्लब धनकुटा , रेडहर्ष क्लब ईलाम , कालिका स्पोर्ट्स एकेडेमी चितवन , प्लानिङ्ग ब्वाइज क्लब काठमाडौं , आमुक्त परिवार ईण्डिया , कञ्चनजंघा फुटबल क्लब ईण्डिया गरि ८ वटा टिम सहभागी हुने छन्।
खेलको पुरस्कार राशि प्रथम पुरस्कर ३ लाख ,दोस्रो पुरस्कर १ लाख ५० हजार सहित ट्रफी मेडल पाउनेछन भने प्रत्येक बिधाहरुमा नगद १० हजार सहित ट्रफी मेडल र आकर्षक पुरस्कार समेत रहेको क्लबका अध्यक्षले जानकारी दिए।खेलमा सर्व उत्कृष्ट खेलाडीलाई नगद २५ हजार सहित ट्रफी मेड्ल र आकर्षक पुरस्कार दिने कार्कीले बताए ।
दैनिक खेलको म्याच अफद म्याच नगद ५ हजार रहने छ।दर्शकले ७० रुपैयाको टिकट काटेर खेल हेर्न पाउनेछन भने टिकट काटे बापत एउटा वाइ वाइ च्याउचाउ पाउने र लक्की ड्रर बाट १ जनालाई फेन र दुई जनालाई १-१ काटुन वाइवाइ च्याउचाउ पाउनेछन ।
खेलको तयारी अन्तिम चरणमा पुगेको समेत कार्कीले जानकारी दिए। दैनिक २ हजारदेखि २५ सय सम्म दर्शक आउने अनुमान आयोजकले गरेको छ। प्रतियोगिता सफल विभिन्न संघससंस्थाहरुको सहयोग रहेको छ भने वाइ वाइ च्याउचाउले मुख्य प्रायोजक गरेको छ त्यसैगरी सह प्रायोजक नेपाल आइस बियर , मन्जरी पेन्ट्स र नटराज एग्रो प्रा.लि. बिराटनगरले गरेको छ। भने संयोजन बराहक्षेत्र नगरपालिकाको कार्यालय चक्रघट्टिले गरेको समेत बताए । पाँचौ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिता चैत १२ गतेदेखि १९ गतेसम्म रहने छ।