चैत ५, सुमन बिकल ,
बराहक्षेत्र (जुनसुकै पार्टीको गठबन्धन भए पनि एमाले नडराई अघि बढ्ने) प्रेस चौतारी नेपाल बराहक्षेत्रको नगर कमिटी र नेकपा एमाले बराहक्षेत्र नगर कमिटी बिच शनिबार बराहक्षेत्र-६ मा रहेको मदन भण्डारी फाउन्डेसनको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय चुनाब केन्द्रित रहेको थियो ।
आउँदै गरेको स्थानीय चुनावमा प्रेस चौतारीको भुमिका कस्तो रहने भन्ने बारेमा व्यापक छलफल चलेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले एमाले पार्टी एक चट्टान भएको र जुनसुकै पार्टीको गठबन्धन भए पनि एमाले नडराई अघि बढ्ने बताउनु भएको छ । अन्य पार्टीको नेकपा एमाले संग एक्लै भिड्ने सामर्थ्य नभएर गठबन्धन गर्न खोजेको उहाँको भनाइ छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरज भण्डारीले प्रेस चौतारीले पार्टीले गरेका सम्पूर्ण कामहरुलाई जनता सामु पुर्याउन समेत आग्रह गर्नु भएको छ । बराहक्षेत्रमा नेकपा एमालेले धेरै कार्यहरु गरे पनि अमुक पार्टीले जस जति आफ्नो पार्टीले लिने गरेको नेताहरुको भनाई थियो ।
बराहक्षेत्रमा सप्तकोसी क्याम्पस बन्ने सवालमा बराहक्षेत्रका मेयर सतिसाल झै लागि नपर्नु भएको भए आज क्याम्पस यो अवस्थामा नआईपुग्ने नेताहरुले बताएका छन् ।
कार्यक्रममा प्रेस चौतारीका प्रदेश कमिटी सदस्य नवराज बिष्ट , प्रेस चौतारीकि सुनसरी जिल्ला कमिटी उपाध्यक्ष बिमला घिमिरे , नेकपा एमालेका तर्फबाट योग्यराज खड्का , निलम खनाल, रुद्र बहादुर दाहाल , सुरज भण्डारी , हरि पौडेल ,गजेन्द्र बहादुर थापा , सीता भण्डारी पौडेल , राजेन्द्र कार्की, देवेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
सबै एकजुट भएर स्थानीय चुनावको लागि सक्रिय रुपमा लागि पर्ने प्रेस चौतारी बराहक्षेत्रका अध्यक्ष लक्ष्मण कटुवालले बताउनु भएको छ ।