चैत ०१ बराहक्षेत्र
बराहक्षेत्र नगरपालिका नेकपा एमालेको नेपाल उत्पिडित जातिय मुक्ति समाज नेपालको प्रथम नगर भेलाबाट वडा नम्बर ६ का बलिराज बि. क. अध्यक्षमा निर्वाचित भएका छन्।
आज भएको नगर भेलाले बि. क. लाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। बराहक्षेत्र नगरपालिका नेकपा एमालेका नगर अध्यक्ष गजेन्द्र बहादुर थापाको अध्यक्षता र लेखा समितिका केन्द्रीय सदस्य डि बि शाह शंकरको प्रमुख आतिथ्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
भेलाबाट अध्यक्ष पदमा वडा नं ६ का बलिराज बि. क. ,उपाध्यक्ष पदमा वडा नम्बर ७ का भिम बहादुर बर्देवा,सचिव पदमा वडा नम्बर १० का टेक बहादुर दर्नाल र उप सचिवमा वडा नम्बर ८ कि विमला नेपाली र उपसचिवमै वडा नम्बर ९ का मन कुमार बि. क. निर्वाचित भए भने ११ वटै वडाबाट ३६ जना सदस्य सहित ४१ सदस्यीय नगर कमिटि गठन भएको हो।
नव निर्वाचितलाई डि वि शाह शंकरले सपथग्रहण गराएका थिए। कार्यक्रममा सुनसरी जिल्ला सदस्य तिर्थ माझी ,राजेन्द्र कार्की लगायत व्यक्तिवत्वहरुको उपस्थिति रहेको कार्यक्रम बराहक्षेत्र चक्रघट्टिको मदन भण्डारी फाउण्डेसन कार्यलयमा भएको थियो।