आदेश गौतम ,फागुन २४
बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टिस्थित सप्तकोशी बहुमुखी क्याम्पसले ११२ अौ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यताका साथ मनाएको छ।उक्त दिवसको दिन वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो। सप्तकोशी कलेज चक्रघट्टिले आफ्ना कलेजका विद्यार्थीहरुको ज्ञानअभिवृद्धि गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो।
सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी बहुमुखी क्याम्पसको आयोजनामा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शिक्षामा नारी सहभागिता :अवसर र चुनाैती विषयमा वक्तृत्वकला कार्यक्रम गरेको आयोजना गरेको थियो। वक्तृत्वकला कार्यक्रममा नुना पौडेल प्रथम भइन्।अस्मिता श्रेष्ठले दोस्रो स्थान प्राप्त गरिन् , तृतीय स्थान हासिल गर्न सफल मनिषा लिम्बू भइन भने चौथो स्थान चन्द्रमाया कटुवालले हात पारिन्। बराहक्षेत्र ३ निवासि कमला थापाको सोही लिन जन्म दिन परेकाले कार्यक्रमको पुरस्कारको व्यवस्थापन गरेकी थिइन भने जन्म दिनको अवसरमा क्याम्पसको प्राङ्गणमा बिरुवा रोप्ने काम समेत भएको थियो।
यश नारी दिवसको दिन म यश धर्तिमा जन्म लिएकी हुँदा आफूले आफैलाई भाग्यमानी ठानेकी छु साथै जन्म दिनको अवसरमा विद्यार्थीहरुलाई हौसला स्वरुप पुरस्कार दिन पाउँदा हर्षित छु थापाले भनिन् भने बराहक्षेत्र नगरकी उपप्रमुख कमला मगरले अहिलेका नारीहरु कोहिभन्दा कोहि कम नभएकाले प्रतिस्पर्धामा उत्रनु राम्रो रहेको बताइन्।नारीहरुलाई अग्रसर हुने यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिनु अति आवश्यक रहृको पनि बताइन्।
नारी दिवस र कमला थापाको जन्म दिन क्याम्पसमा भव्यताकासाथ सम्पन्न भएको छ। कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगर,बिना खनाल,विमला घिमिरे लगायतको उपस्थिति रहेको थियो।