लक्ष्मण कटुवाल, फागुन २३
बराहक्षेत्र ५ सिमरवन स्थित भरौल खानेपानी समितिले समिति विगठन गरि नयाँ समिति गठन गर्न आलटाल गरेको छ। फागुन २१ गते १२ वर्षपछिसाधरण सभा त गर्यो तर साधारण सभाको पहिलो चरणको कार्यक्रम सम्पन्न भए पश्चात दोस्रो चरणको बन्द सत्र सम्पन्न गर्न विधि र प्रक्रियामा कुरै नगरी बन्द सत्रको अध्यक्ष मण्डल छैन एजेण्डा छैन,विधान मस्यौदा समिति , लेखा समिति र विघटन नै गर्ने भए निर्वाचन समिति १३ वर्ष सम्म साधारण सभा नगर्ने भए पछि त्यसको हिसाब उपभोक्ताले खोज्दा त्यसको छानबिन समिति आदि गठन गर्नु पर्ने ठाउँमा केही नगरिएकोले सो काम गर्न आज भ्याईदैन पर्सी २३ गते गर्ने भनी सर्व पक्षीय सहमतिमा कागज लेखी हस्ताक्षर गरी सो कुरालाई संस्थाका सचिव जगत बहादुर कार्कीले पढेर सुनाएका थिए ।
१२ वर्षसम्म एउटै समितिले काम गरे पनि पार्दर्शीता नदेखाएको र समितिमा खाली पद पदपूर्ति नगरी एकलौटि चलाएकोमा उपभोक्ताहरुको विरोध रहेको थियो। समितिले मिटिङ बस्न आलटाल गरेको बेला जवर्जस्ति रुपमा बसेको थियो । खाानेपानी जस्तो सार्वजनिक संस्थामालाई पूर्णता दिएर जानू पर्छ, पुरानो समिति विगठन गरि तपाईहरुको पनि उमेदवारी रहेर नियममा रहेर जानू उपयुक्त हुन्छ खानेपानी ताल्चा लाग्ने स्थितिमा नपुर्याउ भन्ने विचार एमालेका ५ नम्बर वडा कमिटिका अध्यक्ष सुवास बस्नेतले राखेपश्चात बैठकमा बराहक्षेत्र नगरपालिका वार्ड नं ५ का नेपाली कांग्रेसका सभापति दिल बहादुर पौडेलले ताला लगाएर देखाउ हामी पनि हेर्छौं भन्ने अभिव्यक्ति दिए जुन अभिव्यक्ति दादागिरी देखाउने शैलीको भएकाले बैठकमा विवाद सिर्जना भएको थियो। बराहक्षेत्र नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष रुद्र दाहालले ताला तिमीहरूको कार्यशैली लाई लगाउने हो, तिमीहरूको १३ वर्ष सम्म जनतालाई हिसाब किताब नदेखाउने नियतलाई लगाउने हो, गरीब जनताले ५०० तिरेर उब्जाएको खानेपानीमा हाम्रो नैतिकताले ताला लाउन मिल्दैन भनेर प्रष्टीकरण दिए पछि विवादले चर्को रुप लिएको थियो।समितिका अध्यक्ष र सचिवले बन्द सत्रको कार्यक्रम भनी २३ गते सबैलाई आह्वान गरेको तर नियमबद्ध रुपमा नयाँ समिति चयन गर्न गराउन नमानेपछि झडप नै हुने वातावरण सिर्जना उत्पन्न भएको थियो।
खानेपानी अध्यक्ष पुष्प बहादुर बस्नेतले बिरामी भएको नाटक गरी आज बस्न सकिदैन भनेर समितिका सचिव जगत कार्की लाई बन्द सत्र स्थगित गर्न लगाएका थिए। खानेपानीमा टासिरहन खोज्ने,१२ वर्षपश्चात पनि समिति विगठन गर्न नमान्ने ,खानेपानी संस्थाले महनी लगाउने कस्तो रस रहेछ? भनी उपभोक्ताहरुले प्रश्न गरेका थिए।
समितिले उपभोक्तालाई बन्द सत्र कार्यक्रम तथा बैठक भनी बोलाएको तर निकास दिन नसकेपछि कोठा थुनेर बसेको लाचारी समिति भनी स्थानिय उपभोक्ता नवीन कोइरालाले आक्रोश पोखेका थिए। स्थानिय उपभोक्ता विदुर भट्टराईले भने” भरौल खानेपानी उपभोक्ता तथा सरसफाई समितिको बिधानमा कार्य समितिको कार्यकाल ४ बर्षको हुने छ ।
कुनै निर्माणधिन काम सम्पन्न गर्न नसकिएमा एक बर्ष कार्यकाल थप्न सकिने प्रष्ट सग लेखिएको हुदा हुदै १२/१३ बर्ष पछि विघटन गरेर बिधान सम्मत नयाँ तरीकाले जाउ भन्दा नमान्ने कस्तो समिति ? ” तर समितिबाट कुनै चित्तबुद्धो उत्तर दिन नसकेपछि विवाद सिर्जना उत्पन्न भएको थियो ।
अब कहिले कुन मितिमा बस्ने र निकास दिने भन्ने कुराको जानकारी नदिई अन्यौलको स्थिति सिर्जना गरेको स्थानीय उपभोक्ता खड्ग बहादुर कार्कीले बताए । खानेपानी संस्था समितिलाई पूर्णता दिने उद्देश्यले नेकपा एमालेले नयाँ समिति गठन गराउन,साधरण सभाको मिति तोक्न ज्ञापन पत्र दिने जस्ता कार्य गरेको थियो,समितिले जनतालाई खानेपानीको आयव्यय १२ वर्षसम्म सुनुवाई गराउन सकेको थिएन।