लक्ष्मण कटुवाल, फागुन १९ बराहक्षेत्र,
नेपाल खेलकुद महासंघको प्रथम बराहक्षेत्र नगर भेलाबाट भिम बहादुर बस्नेत अध्यक्ष पदमा निर्वाचित भएका छन्। खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय खेलाडी भिम बहादुर बस्नेत आजको भेलाबाट सर्वसम्मतले अध्यक्ष बनेका हुन्।
बराहक्षेत्रको खेलकुद विकासमा लागि परेका बस्नेत हालसम्म पनि खेलकुदमा निकै सक्रियताकासाथ अघि छन्। प्रथम बराहक्षेत्र नगर भेलाबाट भिम बहादुर बस्नेत अध्यक्ष,सन्तोष लिम्बू उपाध्यक्ष,सूर्य तुम्बाहाफे सचिव,मुविन लिम्बू सह सचिवमा निर्विरोध चयन भए भने मधुसुधन भट्टराई,विक्रम राई,रोहित सुब्बा,राजन घिमिरे,तिलक बस्नेत,नविन खनाल,युवराज खनाल,प्रेम भूजेल ,ईश्वर कार्की,अनिष पोख्रेल सदस्य पदमा निर्वाचित भए।
नेपाल फूटबल महासंघ जिल्ला सुनसरी अध्यक्ष पुष्प कार्कीको सभापतित्वमा भएको कार्यक्रममा एमाले जिल्ला सुनसरी सचिव योग्यराज खड्का कार्यक्रमका प्रमुख अतिथि रहेका थिए।कार्यक्रममा नेपाल खेलकुद महासंघका उप संयोजक भेषराज कार्की,बराहक्षेत्र नगर कमिटि सचिज राजेन्द्र कार्की,सुनसरी खेलकुद संघका उप सचिव प्रविन लिम्बू लगायको उपस्थिति रहेको थियो।