लक्ष्मण कटुवाल बराहक्षेत्र फागुन १३
भरौल खानेपानीको प्रथम साधरण सभा हुने भएको छ।आज बप्रेत्यक टोल कमिटिका अध्यक्षहरु सहित बसेको बैठकमा भरौल खानेपानी समितिका अध्यक्ष पुष्प बस्नेतले उक्त जानकारी दिएका हुन। बैठकमा अध्यक्षले भने”पानी भनेको रगत हो भैंसी गोठालोको छोरो हुँ,खानेपानीको योजनालाई सफल पार्न मेरो नेतृत्वमा यत २७०० धारा जडान गरि खानेपानीको सुविधा पाइसकेका छन्।अध्यक्षले भने,डिभिजनले समितिमा हस्तान्तरण नगरेकाले हामीले काममा मात्र ध्यान दियौँ तर जनतामाझ हरहिसाब दिलाउन चुकेयौ अब लामो समयपछि साधरण सभा हुँदै छ यसमा सहभागी हुन। समितिले न्युनतम १२0 चार्ज लिने र १० रुपिया सेवा शुल्क लिने गरेको छ,७५/७६/ अडिट,साडे चार लाख लिटर पानी वितरण, दिनभरि लोड गरि बेलुका बाड्ने र बेलुका लोड गरि बिहान बाड्ने गरेको जानकारी, दीगोपन दिलाउन सबै लेसहकार्य र सहयोग गर्न अनुरोध राखे।”संस्थाका कोषाध्यक्ष, लक्ष्मण चौधरीले आन्तरिक समस्याका साथै कोरोनाको समस्याले भनेको समयमा साधरण सभा गराउन नसकेकोमा क्षमा याचना राख्दै उनले भने नयाँ समिति आउदै गर्दा डिभिजनले कति पटक तालिम दिनु पर्ने हुन्छ हामी त काम गर्दै जादा निकै काम सिकेका छौँ उपभोक्ताको साथबाट अझ खानेपानीको विकास र वितरणमा लाग्ने कुरा राखेका थिए भने संस्थाका सचिव जगत कार्कीले संस्थामा जो आए पनि उपभोक्ताले पानी पिउनबाट वञ्चित हुनु हुदैन भन्ने विचार राखेका थिए । सुवास बस्नेतले सुझाव दिदै भने “साधरण सभा चाँडै गरिनु पर्ने ज्ञापन पत्र ६ महिना अघि बुझाएका थियौ ,अब साधरण सधा हुने हुँदा घरधुरी ५00 दिने उपभोक्ता महत्वपूर्ण भएकाले सूचना गराइनु पर्ने,माइकिङ गराउनु पर्छ।” र साधरण सभा गराई नयाँ समितिलाई हस्तान्तरण गर्नु उचित रहने समेत विचार राखे। दुरदर्शिता,पारदर्शिता कम भएको आँकलन दिनेश सुवेदीले राखे भने प्लटिङमा पाइप विस्तार गराउन अनकानि गर्नु भन्दा सबैको आवश्यकता बुझेर पानी हस्तान्तरण गरिन ध्याकर्षण समेत समितिलाई गराएका छन। बैठकमा उपभोक्ताले पानी हस्तान्तरण गरेर मात्र हुन्न बिग्रदा त्यलाई पुन मर्मत गराउन समितिले नसकेको गुनासा,नीति नियम ,विधानमा टेकेर भरिसक खानेपानी सबै उपभोक्तालाई हस्तान्तरण गर्न समेत सुझाव दिएका छन।भरौल खानेपानीले राम्रा काम गरेको छ, हरेक दुःख गरेर पानी जनतामाझ पुर्याएको छ तर पाइप फुट्दा त्यसको मर्मत भनेको समयमा गर्न नसक्दा निकै समस्या आएको छ समितिले ठाउँठाउमा पानीको धारा पोइन्ट राखिदा राम्रो हुने कुरा समेत टोलका अध्यक्षहरुबाट सुझाव आएका थिए। धारा जडान गर्दा टोलको संयोजकलाई बिना जानकारी अर्कै टोलको संयोजकबाट धारा जडान गराइएको तर टोल अध्यक्षको कुनै मूल्याङकन नरहेको कुपिखोला टोलका संयोजकले गुनासो समेत पोखे। तिनकुने टोलका संयोजक खेम प्रधानले भने,नीति नियम,विधान टेकेर नै अगाडि बढिरहेको अवस्थामा होला ,अब १२ वर्षसम्म एउटै समितिले सञ्चालन गरिरहदा त्यसभित्रका गतिविधि कस्ता छन, साधरण सभा पछि आउने नया नेतृत्वलाई कसरी बुझाएर लाने ,यसभित्रका समस्या केछन सबैलाई मध्यनजर गरि सबै उपभोक्तालाई खुसी बनाएर साधरण सभा गरियोस् ।” समितिका अध्यक्षले पुष्प बस्नेतले भने,”डिभिजनले समितिमा हस्तान्तरण नगरेकाले हामीले काममा मात्र ध्यान दियौँ तर जनतामाझ हरहिसाब दिलाउन चुकेयौ अब लामो समयपछि साधरण सभा हुँदै छ यसमा सहभागी हुन। समितिले न्युनतम १२0 चार्ज लिने र १० रुपिया सेवा शुल्क लिने गरेको छ,७५/७६/ अडिट,साडे चार लाख लिटर पानी वितरण, दिनभरि लोड गरि बेलुका बाड्ने र बेलुका लोड गरि बिहान बाड्ने गरेको जानकारी, दीगोपन दिलाउन सबैले सहकार्य र सहयोग गर्नु पर्छ।” बैठकमा खानेपानी टोल अध्यक्षहरुले समितिलाई सुझाव दिनुका साथै आय व्यय पार्दशीकता हुनु पर्ने र साधरण सभा चाँडै राख्नुपर्ने जोड माग गरेका थिए।लामो समय पश्चात् यही फागुन २१ गते प्रथम साधरण सभा हुने भएको छ।