फाल्गुन ७, बराहक्षेत्र प्रेस चौतारी नेपाल ,
बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा लक्ष्मण कटुवाल चयन भएका छन् । बराहक्षेत्र -५ को ब्लु स्काई पार्टी प्यालेसमा भएको तेस्रो अधिबेशनले कटुवाललाई अध्यक्षको जिम्मेवारी तोकेको हो । कटुवाल बराह अनलाइन डटकमको भरौल सम्बाददाता , सुनसरी एफएमको कार्यक्रम संचालक र कोशी पत्रको रिपोर्टरका रुपमा कार्यरत रहेका छन् ।
त्यसैगरी पत्रकार राजन घिमिरे र गंगा कुमारी भट्टराई उपाध्यक्षमा चयन भएका छन् । सचीवमा सुदन गुरागाईँ, सहसचीवमा कमल खड्का , समावेशी सहसचिवमा भुमिका रसाइली , कोषाध्यक्षमा आदेश गौतम र सदस्यहरुमा खड्ग लिम्बू , हरिबहादुर बस्नेत , सृजना थापा, रमेश थापा, रेणुका घिमिरे र विश्व थुलुङ राई चयन भएका छन् । त्यसैगरी सल्लाहकारहरुमा अर्जुन श्रेष्ठ , सुमन बिकल, नवराज बिष्ट र प्रदीप कुमार चौधरी मनोनीत हुनु भएको छ ।
प्रेस चौतारी नेपाल , बराहक्षेत्रकि निवर्तमान अध्यक्ष बिमला घिमिरेको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय कमिटी उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार प्रदीप कुमार चौधरीलाई आदिवासी जनजाती पत्रकार महासंघको सचीव हुनु भएकोमा बधाई र अन्य तीनजना पत्रकारहरु भीषण राई, अबिजाल बिष्ट र केशव घिमिरेलाई नगद रु. ५०००/- (पाँच हजार) सहित सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई सहित प्रदेश प्रतिनिधि नवराज बिष्ट , प्रेस चौतारीका केन्द्रिय सदस्यहरु देवेन्द्र कार्की ,सन्तोष काफ्ले, नेकपा एमाले जिल्ला उप सचीव योग्यराज खड्का , प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, स्थानीय राजनीतिकर्मी राजेन्द्र कार्की , देवेन्द्र बिष्ट लगायतले अधिवेशन सफलताको कामना गर्नु भएको थियो ।
चक्रघट्टी सम्बाददाता सुमन बिकल