तरहरा –इटहरी
तेश्रो चरणको कोभिड –१९ को संक्रमणका कारण अहिले खेलकुद जगत समेत नराम्रो प्रभावित भएको छ । कोभिडकै कारण शनिबार ९भोली० देखि संचालनमा आउने तेस्रो हाँसपोसा तरहरा प्रदेश नंवर १ स्तरीय नकाउट फुटबल प्रतियोगिता स्थगित भएको छ ।
“हामी पूर्णरुपमा तयार थियौं । तर, कोभिडका कारण अचानक प्रतियोगिता रोक्नका लागि जिल्ला प्रशासन कार्यालयबाट आदेश भएकोले भोलिबाट हुने खेल स्थगित गर्नु परेकोले आयोजकको तर्फबाट र अध्यक्ष भएको नाताले म दुखी छु ।”, सञ्चारकर्मीहरुसँग आयोजक संस्था बुद्ध चोक सेवा समाज केन्द्र इटहरी १९( २० ९तामाङ टोल० का अध्यक्ष मनोज स्याङ्गदान तामाङ्गले भने, “माघ ८ गतेदेखि १५ गतेसम्म हुने भनिएको यो प्रदेशस्तरीय प्रतियोगिता परिस्थीति अनुकूल हुनसाथ आयोजना हुनेछ । यो स्थगित मात्र भएको हो ।”
एकाउन्न हजार रुपैयाँ प्रथम पुरस्कार र एकतिस हजार रुपैयाँ दितिय पुरस्कार भएको यो प्रतियोगिताको कुल पुजी ६ लाख पचिस हजार भएको अध्यक्ष तामाङ्गले जानकारी गराए ।
खेल मैदान सरसफाई गरेर प्रतियोगिताका लागि प्राविधिक सबै तयारी गर्नुका साथै रंगरोगन गरेर खेलाडी र दर्शकलाई स्वागतका लागि स्वागतद्धवार समेत राखिसकेको अवस्थामा कोभिडको लहर ह्वात्तै बढेपछि प्रशासनबाट प्रतियोगिता संचालनमा अनुमति नदिईएको अध्यक्ष तामाङ्गले जानकारी गराए । उनका अनुसार, आयोजकले स्वास्थ्य सर्तकता अपनाएर प्रतियोगिता अगाडि बढाउन चाहे पनि प्रशासनबाट अनुमति प्रदान भएन।
खेलकुद संयोजक रोशन मोक्तान तामाङ्गले प्रतियोगिताका लागि सहयोग गरेका सबै सहयोगीहरुसँग अचानक खेल स्थगीत गर्नु परेको दुख व्यक्त गर्दै क्षमा मागेका छन् । त्यस्तै सचिव सचिव तिथ राज गुरागाईले खेलाडी तथा सम्पुर्ण खेलप्रेमीहरुलाई प्रतियोगिता देशको अवस्था अनुकूल बनिसकेपछि भव्य रुपमा हुने जानकारी गराए ।