धिरेन्द्र कुमार चौधरी, सुनसरी
इटहरी स्थानीय कृषि उत्पादनलाई बजारीकरण र स्थानीयबासिको खाद्यान्न माग लाई पूरा गर्ने उदेश्यले सनेश कृषि सहकारी सस्था लि. ले इटहरी १८ मा सनेश कृषि मार्ट सोमबारदेखि शुरु गरेको छ ।
झुम्का देखि उतर र कान्छी चोकदेखी चतरा जाने बाटो नजिकै साबिक पकली गाबिसको पिप्राहा बैठारमा कृषि एग्रो मार्ट सञ्चालन गरिएको छ । सस्थाको कार्यालय छेउमा रहेको एग्रो मार्ट जग्गा भाडामा लिइ संचालन गरिएको हो । एग्रो मार्टमा आलु, कोबि, टमाटर , मुला, रायो साग, छिमी, बन्दाकोबी, पतरक, फर्सी, लौका, बोडि, प्याज, पतरक लगायत विभिन्न २५ किसिमको तरकारी बिक्रीको लागि राखिएको छ ।
सस्थाका अध्यक्ष राजदेब चौधरीले स्थानीय उत्पादनलाई बजारीकरण गर्नका साथै यहाँ नपाइने सामान बाहिर बाट ल्याइ बिक्रि गर्ने उदेश्य रहेको जानकारी दिनुभयो । उनले स्थानीय ठाउमा युबाहरुलाइ स्वरोजगार बनाउने उदेश्य सस्थाको रहेकोेले सोही अनुसार काम गरेको बताउनुभयो । एग्रो मार्टको सोमबार एक कार्यक्रम बिच उदघाटन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी इटहरी १८ का बडा अध्यक्ष रामकुमार चौधरीले सनेश एग्रो मार्टको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा एमाले पाटिका खेमराज अधिकारी , काग्रेस पाटिका गुनराज अधिकारी र माओबादी पाटिका पर्शुराम चौधरी लगायतको उपस्थिति रहेको थियो । बि. स. २०७६ सालमा स्थापित सस्थामा दुई सय जना शेयर सदस्य रहेका छन भने सस्थाको २० लाख शेयर पुजि रहेको सस्थाका अध्यक्ष राजदेबले जानकारी दिनुभयो । सबै प्रकारका तरकारी एकै ठाउँमा बिक्री बितरणमा राखिने सस्थाले जनाएको छ ।