नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) सुनसरीमा बिगतमा नेतृत्व पङतीमा आएपछि मेरो जिबनकै अबिष्मरणिय यात्रा रहन गयो । यस अबधिमा आफुले विभिन्न चुनौतीको सामना गर्दै आज यहाँ सम्म आइपुगेको जानकारी गराउन पाउँदा रमाइलो लाग्छ । शुरुमा म निकै आतिएको थिए । अब के गर्ने कसो गर्ने । आफुले फोनिज केन्द्र र प्रदेश न. १ को सुझाव अनुसार सस्थाको काम गर्दै जादा धेरै सिकिने अबसर पाउनुका साथै सस्था चलाउन सहज भएको अनुमान छ । शुरुमा हामी हामी नअया नेतृत्व सहित फोनिज केन्द्रको महाधिवेशन सफल बनाउन काठमाडौ पुगेका थियौ ।आफू यस अबधिमा फोनिज प्रदेश न. १ को सदस्य भै काम गर्ने अबसर समेत प्राप्त भयो । तीन बर्षको कार्यकाल रहेकोमा कोरोना कालले गर्दा करीब दुई बर्ष समय बढदा झण्डै करीब ५ बर्ष नेतृत्वमा रहेको मलाइ लाग्छ ।
यस अबधिमा पहिलो पटक इलाम जिल्लाको माकसेबुङ जाने अबसर प्राप्त भयो । म सुनिल चौधरी र एक जना सहयोगी बिहान ७: बजे कार्यक्रम स्थल तिर लाग्यौ । हामिले बाटो थाह नपाएर बेलुका ३:०० बजे पुगेपछि झण्डै ४:०० बजे खाना खायौ । दमक बाट हामी जङ्गल , पहाड , खोला हुँदै त्यहा पुगेका थियौ । हामी जङ्गल , खोला , पहाडको बिचमा पुगेपछि भोकले लखतरान भयौ । त्यहा पसल थिएन । पछाडि फर्कने र अगाडी जाने अबस्था थिएन । त्यै पनि हामी निरन्तर गन्तव्य तर्फ लाग्यौ । अनत्यमा हामी लक्ष्यमा पुग्यौ । त्यहाको बसाइ निकै फलदायी रहयो । त्यो ठाउँ किरातहरु बस्ने थलो रहेछ । ठाउँ अतयन्त बिकट छ । तर त्यहा सुन्दर समाज छ । मानबको अहित हुने धूम्रपान मधपान सबै निषेधित छ ।त्यहा माछा मासु खान पाइदैन , झगडा , चोरीको त्यहा कल्पना समेत गर्न सकिदैन । स्थानीयबासीमा चेतना रहेको छ ।
त्यसपछि मानव अधिकारका लागि बकिल्हरुको समह ( लाहुर्निप ) को सुनसरी मा भएको कार्यक्रममा फोनिज सुनसरीले समनब्यातमक भुमिका निर्बाह गर्ने अबसर प्राप्त भयो । यस अबधिमा धरान , रामधुनी, इटहरी , बराहक्षेत्र , दुहबीमा भएको आदिवासी जनजातीको कार्यक्रममा सहभागीता हुने अबसर समेत प्राप्त भयो । धरानमा धरानकै पदाधिकारीले कार्यक्रममा सहभागीता जनाए भने अन्य तिर आफू स्वम उपस्थित भए । थारु कल्याणकारीणि सभाले आयोजना गरेको कार्यक्रम माघी, जितिया , गोठाले महोत्सवमा फोनिजको सक्रिय सहभागीता रहयो । इनरुवामा मगर समुदाय र उराब समुदायले आयोजना गरेको कार्यक्रममा फोनिज सुनसरीको सहभागीता रहयो । बराहक्षेत्रमा माझी समुदायले आयोजना गरेको कोशी पुजा र इटहरीमा तामाङ धेदुङ समुदायले आयोजना गरेको कार्यक्रममा सकृय सहभागीता रहयो ।
नेपाल आदिवासी जनजाति महा संघ समन्बय समिति सुनसरीले आय्प्जना गरेको बिश्व आदिबासी दिबसमा सहभागीता रहयो । युबा आदिवासी महा संघ नेपालले इटहरीमा आयोजना गरेको काममा सकृय सहभागीता रहयो । नेपाल पत्रकार महासंघ शाखा सुनसरीले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागीता रहयो ।
फोनोज केन्द्रले सिन्धुलिमा आयोजना गरेको राष्ट्रिय भेलामा सहभागीता रहयो । सिन्धुली गढी गुरुङ समुदाय बस्ने एतिहासिक ठाउँ हो । यहाँ हाम्रो पुर्खा गिरुङकै कमान्डमा फिरङगीलाइ खेदाएको इतिहास रहेको छ ।
फोनिज प्रदेश १ ले उदयपुरको त्रीयुगा नपामा आयोजना गरेको पहिलो प्रदेश महाधिवेशनमा फोनिज सुनसरी बाट एक टोलि सहित कार्यक्रम सफल बनाउन सहभागीता जनाइयो । त्यसैगरी फोनिज प्रदेश न. १ को पहिलो भेला तेह्रथुमको छतरमा हुदा फोनिज सुनसरीको सक्रिय सहभागीता रहयो । छतर लिम्बू समुदाय बस्ने थलो हो । ठाउ बिकट रहेको छ । यहाँ सुन्दर समाज छ । स्थानीय बासी सहयोगी भाबनाको बिकास रहेको ठाउँ हो ।
त्यसतै फोनिज प्रदेश १ को दोश्रो भेला सुनसरीको रामधुनिमा हुदा फोनिज सुनसरी स्थानीय आयोजकको भुमिका नोर्बाह गर्न अबसर प्रदान प्राप्त गर्यो । यहाँ भएको कार्यक्रममा फोनिज नेपालका आदरणीय अध्यक्ष श्री दण्ड गुरुङ , महासचिव श्री गजुरधन राई सचिब श्री मिलन लिम्बू , केन्द्रिय सदस्य श्री कमन देबान, प्रदेश इन्चार्ज श्री दिपेन राइ, प्रदेश अध्यक्ष श्री अर्जुन जम्नेली राई, महासचिव श्री बिदुर खबास लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रदेश न.१ फोनिजका १४ बटै जिल्लाका फोनिज प्रतिनिधिको सहभागीताले उत्साह जनक र पत्रकारीताका लागि प्रेरक कार्यक्रम भयो ।
यस बाहेक कोरोना कालमा सक्दो मास्क र सेनिटाइज फोनिजकर्मिलाइ बितरण गरीयो । कोरोना पोजेटिभ भएका फोनिजकर्मिलाइ हौसला बढाउन घरमै भेटघाट र फोन सम्पर्क गरीयो । संक्षेपमा मेरो कार्यकालमा माथी उल्लेखित काम गरेको जानकारी गराउन चाहन्छु ।
आज सुनसरी फोनिजको तेस्रो जिल्ला अधिबेशन समपन्न गर्ने कार्यक्रम रहेको छ । हाम्रो माग मुदा समाबेशि कानुन चाहियो, ब्यबहारमा पनि रहेको छ । हामिले आफ्नो माग मुदामा सधै अडिग रहनु मलाइ लाग्छ । अब सुनसरी फोनिजमा समाबेशिको आधारमा नेतृत्व गर्ने पालो नया पुस्ताको रहेको मेरो बुझाइ रहेको छ । र सबैको सहमतिमा साझा नेतृत्व ल्याउन सबै फोनिजकर्मी साथिहरु ले आ आफ्नो ठाउँ बाट सहयोगी भुमिका निर्बाह गरीदिनु हुन आशा गरेको छु ।
(फोनिज सुनसरी अध्यक्ष धिरेन्द्र कुमार चौधरीको सोल्टी टिभी अनलाइ बाट शाभार समयासान्र्दभिक भएकोले प्रकाशित गरिएको । -सम्पादक)