बराहक्षेत्र नगरपालिका वाड नं–.५, कालाबंजारमा रहेको श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयले टाढा टाढा बाट यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको सुसिधाको लागि एउटा स्कूल बस खरीद गरेको छ ।
नया स्कूल बस विद्यालयमा ल्याए पश्चात विद्यालय ब्यस्थापन समितिका अध्यक्ष पुष्पराज ढुंंगानाले औपाचारिक रुपमा स्कूल बसमा रिवन काटी बसको ढोका खोली वस संचालनको बाटो खोलेका थिए भने सो अवसरमा विद्यालय प्रशासनले विद्यार्थी भाई बहिनीहरुलाई प्रसाद वितरण गरेका थिए ।
वि.ब्य.स.को निर्णय बमोजिम दुई वटा स्कूल बस खरीद गर्ने भनिएता पनि तत्काल एउटा स्कूल बस खरीद गरिएको र निकट भविष्यमा अर्को स्कूल बस पनि ल्याउने विद्यालय प्रशासनले जानकारी गराएका थिए । स्मरण रहोस यस विद्यालय आ.व. २०७८÷०७९ मा प्रदेश नं. १ को नमुना ठूलो विद्यालयमा पर्न सफल भएको छ ।