कानेपोखरी ( बअ )
नेपालको अंगिका भाषाको पहिलो फिल्म जय किसानको कार्तिक ५ गते शुक्रबारदेखि सुभारम्भ भएको छ ।
फिल्ममा किसानहरुको विषय बस्तुलाई आधार पारेर तयार गर्ने भएको छ । किसानहरु कसरी मेहनत गरेर बाली उत्पादन गर्छ भनेर दृश्यमा कैद गर्ने छ । किसानको नाममा विभिन्न रकमहरु आए पनी किसानले नपाई नक्कली किसानले सेवा सुविधा पाएको र नेपालका तराईमा रहेका अंङ्गिका भाषालाई समेत जोड दिएको छ । फिल्मको प्रोडुसर ग्राम लक्ष्मी बहुउदेशय सहकारी रङ्गेली र एस वी कृषी फर्म कटहरी रहेको छ भने अपसरा फिल्मको सहयोग समेत रहेको छ भने फिल्ममा कथा तुलसी कलाकारको रहको छ । धिरेन शाहा र अजित दास छायांकन फिल्म निमार्ण हुन लागेको निमार्णता पक्षले जानकारी गराएको छ । गायन तर्फ तुलसी कलाकार अनु चौधरी र माला राजवंशीको शुमधुर स्वरमा गितहरु सजिने छ । उक्त फिल्म ४ महिनामा निर्माण पुराहुने तुलसी कलाकारले बताए ।
कार्यक्रम शुभलक्ष्मी बहुउदेश्य सहकारीको भवनमा एक औपचारीक कार्यक्रम गरेर शुभारम्भ गरेको हो । ग्राम लक्ष्मी बहुउदेशय सहकारी रङ्गेलीका अध्यक्ष अशोक मण्डलको सभापतीमा कार्यक्रम संचालन भएको थियो भने राष्ट्रका गहना नेपालका सबै भन्दा अगला व्यक्ती राजन अधीकारीको प्रमुख अथितिय रहेको थियो । रङ्गेलीका विभिन्न संघ संस्थाका अग्रजहरुको विशिष्ट अथितिय सन्तोष मण्डल ,धर्मेन्द्र मण्डल, तुलसी मण्डल, गायक विष्णु राजवंशी ,कैलाश मण्डल, उषा मण्डल ,रविन्द्र पण्डित, पत्रकार रविन्द्र बराल लगायतको उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको थियो ।