चक्रघट्टी, ९ असोज २०७८,शनिवार
बराहक्षेत्र नगरपालिका चक्रघट्टीको पारालिगलको भवनमा शनिबार असोज ९ गते नेपाली काग्रेशको १४ औं महाधिवेशनमा सभापतीमा रमेश कार्कीले ११३ मत ल्याएर विजय भएको छ ।
७ जना मेजर पदको लागी भएको चुनाबमा दुइ जना उप सभापती युवराज श्रेष्ठ ९७ र जित बहादुर कार्की ९३, सचिवमा दुइ जना क्रमश प्रतीक राई १४२ र हरिकृष्ण भट्टराई ९५ भने सह सचिव दिवानसिंह राई १४३ र सन्तोष भण्डारी ९५ मत निर्वाचित समितीका कर्मचारी वेदनिधी प्याकुरेलले बिजय टीमलाई घोसना गरेको थियो ।
पराजित नगर सभापतिका उम्मेदवार २ जना नारायण नेपाल ६१, रत्नबहादुर राउत ४४ मतलाई चुनाबमा पराजित भएको छ । उप सभापतिमा चित्र बहादुर राई ८३, प्रसिद्ध प्रसाद प्रसाईं (जोन) ३५, महेन्द्र प्रसाद मेहता ७७ मतलाई उप सभापती बाट हार खाएको छन ।
अविराज थापा (अनिल) ४४, तिर्थराज भट्टराई ५५, रोनि बिष्ट ६० मतलाई सचिव पद बाट हार बेहुरेको हो । यसैगरी सह सचिव पदमा ४ जनाको दाबी रहेकोमा महेन्द्र कार्की ८९ र युवराज भट्टराई ७७ लाइ १४ औ माहाधिवेशानामा चुनाब बाट हार बेहुरेको हो । सवै गरि १७ जना उम्मेदवारी रहेका निर्वाचन अधिकृत गोकुल गुरागाईले जानकारी दिए । अन्य पदमा भने सर्व सहमतिमा चयन भएको छ । बराहक्षेत्रमा २२७ जना क्षेत्रीय प्रतिनिधि मध्ये २२६ जनाले मतदान गरेको छ । एक जना प्रदेश नम्बर १ का कानुन तथा न्याय संघिय मन्त्री कार्य व्यस्तताले चनावमा उपस्थित हुन सक्नु भएन । चुनाव कुनै विवादास्पद नहोस भनेर प्रहरी सस्त्र प्रहरी बल चतराको टोली शुरुक्षाको लागि खटाएको थियो । चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको चुनाव अधिकृत गुरागाईले बताए । चुनाव विहान ८ बजे देखि दिउँसो १ बजेको समय रहेको थियो । बिजय टीमलाई आउदो शनिवार प्रमाण पत्र र सपद ग्रहण खुवाउने कार्यक्रम रहेको निर्वाचन समितीले जानकारी गरेका हुन्न ।