प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक विभिन्न चारवटा निर्णय गर्दै सकिएको छ।
सो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ।
बुधवारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भने, “अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।”
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय ‘असंवैधानिक’ ठहर गर्दै पुनर्स्थापित गरिदिएको थियो।
फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन पनि अदालतले आदेश दिएको छ।
ओली समूहका नेताहरूले सर्वोच्च अदालतको आदेशलाई ‘अनपेक्षित’ बताउँदै आएका छन्। ( विविसी)