वराहक्षेत्र।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) वराहक्षेत्र नगर कमिटीको बिस्तारित बैठकमा बोल्दै नेकपा सुनसरीका नेता नन्द बस्नेतले प्रधानमन्त्री केपि ओलि नव सामन्त भएर उदय भएको आरोप लाएका छन् । उनले भने ओलिको मुख तिर फर्केर हेर्न पनि लाज लाग्ने काम गरेका छन् , उनले आफैलाइ मात्रै सर्वै सर्वा ठाने । त्यस्तै अर्का नेता सिताराम पराजुलीले भने ओलि अहिले २ वटा काम गर्दैछन् एउटा मलाइ पार्टीले काम गर्न दिएन भन्दै हिडेका छन् भने अर्कि मनोज गजुरेलले जस्तो क्यारीकेचर गर्दै हिड्दैछ्न । उनलाई पार्टीले जे मन लाग्यो त्यही गर्न दिनु पर्ने रुरु उनले भने अब हामी ओलिको यो गलत कदम विरुद्ध कडा रुपमा प्रस्तुत हुने छौ ।
कार्यक्रम नगर अध्यक्ष कमल बहादुर कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सदस्य निर्मल बराल रहेका थिए । कार्यक्रममा करिब असी प्रतिशत नगर सदस्यको उपस्थिति रहेको जिल्ला सचिवालय सदस्य तथा नगरका सह इन्चार्ज पुष्प ढुंगानाले बताए ।कार्यक्रममा नेता तथा संसद जय कुमार राई , नेता मुक्साहाङ मेन्याग्बो , जिल्ला सदस्य कमला मगर लगायतका नेताहरुले मन्तब्य राखेका थिए ।
प्राकृतिक प्रकोपको जोखिममा वराहक्षेत्र , न्यनिकरण तथा समाधानको खोजिमा नगरपालिका
सप्तकोसी नदिको कट्टान , पहिलो , बाढि तथा डुवानको कारणले वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । बराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल...