बराहक्षेत्र २० पुस /
सुनसरीको बराहक्षेत्र नगरपालिकाका कृषकहरुलाई नगरपालिकाले प्रती केजि १ सय रुपैयाँ अनुदानमा१० हजार के जी मकैको बीउ वितरण शुरु गरेको छ ।
आइतबार बाट बितरण शुरु भएको उक्त मकैको मुल्य प्रती केजि ४सय७४ रुपैयाँमा नगरपालिकाले टेण्डर आह्वान गरेकोमा कृषिले शाखाले प्रति केजी १०० छुट गरि किसानलाई १ केजीको ३सय७४ रुपैया बिक्रीवितरण गरेको कृषि शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन । आइतबार पहिलो पटक करिब २ सय जना लाई वितरण गरेको कृषि शाखाले जनाएको छ। त्यहीँ विऊ वाहिरी बजारमा ५२० रुपैया पर्न जान्छ , हामिले छुट दिएर ३ सय ७४मा उपलब्ध गराएका हौ शाखा प्रमुख लिम्बुले बताइन।उक्त मकै बराहक्षेत्रका ८,९,१० र ११ वडाका कृषकहरुले उपयोग गर्दै आएका छन् । किसानहरुलाई मकैको लागि उब्जिनि माटो साथै सिचाइको सुविधा भएकोले ८,९,१० र ११ नम्बर वडाको किसानहरुले बीउ लिएको कृषि शाखाका प्राबिधिक नीर बहादुर राईले जानकारी दिए ।
१० लाख बराबरको बजेट बाट आ।व।२०७७र०७८ को शसर्त अनुदानित वितिय हस्तान्तरण तर्फको मकै उत्पादन प्रवर्द्धन कार्यक्रम ९वालि विकास कार्यक्रम०अनुसार टि।एक्स।३६९ वंर्णशंकर मकैक बीउ वितरण प्रति के।जि। रु।१००।(रुपैया मुल्य अनुदान उपलब्ध गराई कृषकहरुलाई वितरण बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल उप प्रमुख कमला मगर प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल कृषि विकास शाखा प्रमुख तुलसा लिम्बू को हातबाट संयुक्त रुपमा कृषकहरुलाई वितरण गरि विधिवत रुपमा शुरुवात गरिएको थियो । मकैको विऊ ढिलै भए तापनि किसानहरु सहुलियत दरमा पाएकोले खुशि व्यक्त गरेका छन् ।
फलोअप: १ करोड ९३ लाखको हिनामिना, व्यवस्थापकको श्रीमान र अध्यक्षको नाममा लाखौं निकासा'
सुबिन विश्वकर्मा / बराहक्षेत्र,सुनसरी बराहक्षेत्र ७ मा अबस्थित प्रगतिशिल दुग्ध उत्पादक सहकारीमा एक करोड ९३ लाख बराबरको रकम हिनामिना भएको महिनौं बितिसक्यो । यसबीचमा आफूहरूको बचत फिर्ता गरिदिन भन्दै बचतकर्ताहरुले...